• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

बाढीले बगाउँदै सीमा स्तम्भ


  •   आइतबार, असार ०६, २०७८ मा प्रकाशित
  • गुलरिया । बर्दियाको दक्षिणवर्ती नेपाल–भारत सिमानास्थित नदी तटीय क्षेत्रका दसगजामा गाडिएका सीमा स्तम्भहरू बाढीको जोखिममा छन्। बबई, कर्णाली तथा यिनका सहायक नदीहरूमा पानीको बहाव बढेसँगै निम्तिने बाढी र कटानका कारण सीमा स्तम्भ बग्ने र फेला नपर्ने गरेका छन्।

    Advertisement

    बर्दियाको ८३ किलोमिटर खुला सिमानामा मुख्य, सहायक र साना गरी २ सय ४५ वटा सीमा स्तम्भ गाडिएका छन्। नेपाल–भारत सिमानामा ४२ वटा मुख्य, ६८ वटा सहायक र १ सय ३५ वटा साना स्तम्भहरू हुन्। बर्दियाको सिमानामा मुख्य ६ वटा सहायक ८ वटा र साना २७ वटा गरी ४१ वटा स्तम्भहरू रहेको सशस्त्र प्रहरी बल नम्बर ३१ गण हेडक्वार्टर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताउनुभयो।सीमा क्षेत्रमा मुख्य सीमा स्तम्भहरू २६ वटा मर्मत गर्नुपर्ने, ५ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्। मुख्य ५ वटा सीमा स्तम्भ फेला परेका छैनन्। रावतका अनुसार सहायक सीमा स्तम्भहरूमध्ये ३६ वटा मर्मत गर्नुपर्ने, ८ वटा पुनर्निर्माण गर्नु पर्नेछन्। ७ वटा खोलाले बगाएको र ९ वटा फेला नपरेको अवस्थामा छन्। साना स्तम्भहरू पनि २ वटा मर्मत गर्नुपर्ने २३ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ। सानामध्ये २४ वटा खोलाले बगाएको र ५८ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन्।

    बर्दियामा सहायक ७, सानो २५ गरी ३२ वटा सीमा स्तम्भ खोला नदीले बगाएका छन्। मुख्य ५, सहायक ९ र साना ५८ गरी ७२ वटा सीमा स्तम्भ हराएका छन् र फेला परेका छैनन्। बबई र कर्णाली नदीका कारण सीमा स्तम्भहरू कटान र बाढीको जोखिममा परी हराउने गरेको भन्दै रावलले थप्नुभयो, ‘कार्यालय स्थापनापछि रेकर्ड राख्न थालेपछि स्तम्भहरू हराएका छैनन्। जंगली हात्तीले समेत सीमा स्तम्भ भत्काएका छन्। स्तम्भको सुरक्षार्थ गस्तीलाई तीव्रता दिएका छौं।’

    सशस्त्र प्रहरी उपरीक्षकलगायत बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बोहराको कमान्डमा रहेको गस्तीले केही महिनाअघि गुलरिया नगरपालिका–१० मस्जिदिया घाटस्थित बबई नदीको पूर्वी किनारमा ६७१÷१ नम्बरको सानो सीमा स्तम्भ फेला पारेको छ। उत्तर प्रदेश भारतको बहराइच जिल्ला लौकाही ग्राम पञ्चायतसँग स्तम्भ फेला परेको सीमा जोडिएको छ। स्तम्भको जीआर एन २८ डी १० एम ४९ सेक, ई ८१ डी २३ एम ११ सेक रहेको प्रमुख रावतले जानकारी दिनुभयो।

    स्तम्भ फेला पारेपछि जिल्ला प्रशासन कार्यालय बर्दियामा जानकारी दिई सहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगन्ज र नापी कार्यालय बर्दियामा बोधार्थ दिइएको छ। सानो स्तम्भ बबइभादा नदी ढिकको खोंचमा बालुवाले ढाकेको अवस्थामा भेटिएपछि सरसफाइ गरेर राखिएको छ। हराएका पिलरको खोजी भइराखेको उहाँले बताउनुभयो।

    अन्नपूर्णपोष्टबाट

    आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation