प्युठानमा लगातार वर्षा, सतर्क रहन प्रशासनको आग्रह

कामना डेली, प्युठान। लगातार पानी परिरहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय प्युठानले आग्रह गरेको छ।

बर्षाका कारण जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय प्युठानले मंगलबार एक सुचना जारी गर्दै बाढी, पहिरो र डुबान हुने क्षेत्रमा नजान, नदीखोलाहरुमा माछा मार्नेलगायतका कार्यहरु नगर्न, नदी, खोला किनार र पहिरो आसपास बसोबास गर्ने व्यक्तिहरु उच्च सतर्क रहन जिल्ला बासिहरुमा आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालद्वारा हस्ताक्षरित सुचनामा आफ्नो आसपासको स्थानमा कुनै समस्या वा क्षति भए तुरुन्त प्रशासनलाई खबर गर्न पनि आग्रह गरिएको छ ।
मनसुनी बायुको प्रभाव रहेकाले प्युठान सहित देशभर बर्षा भइरहेको छ। जल तथा मौसम बिज्ञान बिभागले अझै केही दिन भारी वर्षा हुन सक्ने जनाएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...