बर्दिया । बर्दियाका गन्धर्व परिवारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ। कोभिड–१९ महामारीको संक्रमणको जोखिम न्यूनीकरणमा सघाउ पुर्याउने उद्देश्यका साथ उनिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
Advertisement
बढैयाताल गाउँपालिका–४ स्थित गन्धर्व बस्तीमा बसोबास गरिरहेका गन्धर्व समुदायका ७० घर–परिवारलाई मास्क र साबुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक
हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले गन्धर्व समाज बर्दियाका अध्यक्ष दिलीप गन्धर्वलगायत पदाधिकारीहरुलाई सो सामग्री हस्ताण्तरण गरेका हुन् ।