गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालकको मृत्यु

अनिल खत्री,गुल्मी । गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–२ बाँझकटेरी स्थित पञ्चपोखरी भन्ने स्थानमा ना २ ख ५७६५ नम्बरको ट्रक रोक्ने क्रममा ठक्करबाट प्युठान जिल्ला स्वर्गद्धरी नगरपालिका वडानम्बर–३ रुमाले घर भएका २० वर्षका गगन घर्ति मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार बिहान ट्रक रोक्ने क्रममा ओट लगाउने क्रममा ब्रेक फेल भएर युवकलाई ठक्कर दिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । मृतक युवक सहचालक रहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...