धनुषा । धनुषाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
Advertisement
शुक्रबार बाख्रा चराउन गएका बालिकाहरु घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।