कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ कि १३ वर्षिय वालिका करणीको शिकार भएकी छिन । करणी गरेको आरोपमा सोही स्थानका ३३ वर्षिय सुनिल कुमार दुबे विरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा मुद्दा दर्ता भएको छ ।
घटना कसरी भयो
बिहीवार पीडित बालिका छिमेकीको घरमा इण्टरनेट रहेको र घर छेउको बाटोमा मोवाईल चलाईरहेको बेला दुई जना युवक दुवेलाई खोज्न आएपछी निज बालिकाले बोलाउन दुवेको घरमा पुगिन । दुवेले निज दुई जना साथिहरुलाई घर बाहिर भेटेर फर्किसकेपछी वालिकालाई कोठामै बसेर नेट लचाउन भने । उनले बालिकालाई कोठाभित्र समाएर लगे पछि चुक्किल लगाएर करणी गरिसकेपछी २ सय रुपैया दिन्छु कसैलाई नभन भनेपछी पिट्छु, मार्छु भने । उनले २ सय रुपैया नदिएर १ सय रुपैया दिए , बालिकाले सो रकम छिमेकि अन्टी कहाँ राखिदिन भनिन् । गरिव परिवारकी ति वालिकाले त्यतिधेरै रकम कहाँबाट ल्याएको भनेर छिमेकि अन्टीले सोधीखोजी गरिन ।
आरोपित फरार घट्ना विहिबारको भएपनी शुक्रवार मात्र थाहा भएपछी जिल्ला प्रहरी कार्यालयमा सनिवार मात्र घट्ना दर्ता भएको परिवारले जनाएको छ । दुवेकी श्रीमती र छोराछोरी माईतिमा गएको मौका पारि दुवेले बालिकालाई फकाईफुयाई करणी गरेको बताईएको छ । करणीको आरोपित दुवे फरार रहेका छन् । वालिका स्थानिय विधालयमा कक्षा ३ मा अध्यनरत रहेको र कम बोल्ने र कम बैद्दिक क्षमता कम भएपछी विधालयले आईरन चक्कि खुवाउदै आएको विधालयका शिक्षक विक्रम शाहले बताए । यता प्रहरीले घट्ना दर्ता भैसकेको र आरोपित फरार रहेको खाजीकार्य जारी रहेको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।
कपिलवस्तुमा १३ बर्षिय वालिका करणीको शिकार, आरोपित फरार
कपिलवस्तुमा १३ बर्षिय वालिका करणीको शिकार, आरोपित फरार

Advertisement
तपाईको प्रतिक्रिया