प्यार अलि अलि,प्यूठान । निर्माणाधीन घर भत्किँदा प्यूठानमा चार दिदीबहिनीको बिचल्ली भएको छ।
नौवहिनी गाउँपालिका-१ स्याउलीवाङ चौतारामा शुक्रवार राति घर भत्किँदा स्थानीय ३८ वर्षिय बोम बहादुर मल्ल उनकी ३३ वर्षिय श्रीमती गमि मल्ल, र अढाई वर्षिय बालक मेघराज मल्लको घटनास्थलमै ज्यान गयो।
एउटै घरको अर्को कोठामा सुतेका ३ दिदीबहिनी भने बाँचे जेठी छोरी कुमारी मल्ल मावल गएको कारण बाँच्न सफल भईन्। ६ कक्षामा पढ्ने जेठी छोरी १५ वर्षकी भईन। १२ वर्षिय करिश्मा, ९ वर्षिय गंगा तथा ७ वर्षिय कान्छी छोरी सपना क्रमशः ३ ,२ र १ कक्षामा पढ्छन्।आमा बुवा तथा भाईको निधन भएसंगै उनीहरू अभिभावक विहिन बन्न पुगेका छन्।
बिचल्लीमा परेका छोरीहरूलाई कस्को जिम्मा लगाउनेबारे छलफल भैरहेको वडा अध्यक्ष शेरबहादुर सेनले जानकारी दिए।
भत्किएको घर बनाउन वडाले सहयोग गर्ने उनी बताउँछन्।
पुरानो घर जस्तापाताले छाउन नमिलेपछि बोम बहादुरले १ हात गारो माथि थप्दै ढुङ्गाहरु जम्मा गरेर राखेका थिए। राति खाना खाएर सुत्न गएका मल्ल परिवारलाई आफ्नै घरको तला भत्किएर च्याप्यो। घर एकान्तमा भएकाले हारगुहार केही नपाएको जेठी छोरी कुमारी बताउँछिन्। ‘म मावल गएको थिए घर आउँदा यस्तो देख्नुपर्यो।’ कुमारीले भनिन्, ‘स-साना बहिनी छन् हाम्रो बिचल्ली भयो।’
घर बनाउने मिस्त्री काम जानेका मल्लले घर परिवारको पालनपोषण मजदुरी मार्फत चलाउँदै आएका थिए। विपन्न घरमा जस्तापाता लगाउने कार्यक्रम अन्तर्गत मल्लको घरपनि सुचिकृत भएको थियो। अर्घाखाँचीमा मजदुरी गर्दै आएका मल्ल जस्तापाताले घर छाउन प्यूठान घर आएका थिए।
घर भत्किँदा चार दिदीबहिनीको बिचल्ली
घर भत्किँदा चार दिदीबहिनीको बिचल्ली

Advertisement
तपाईको प्रतिक्रिया