दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका कार्यसमिति सदस्य शिवराज खनालमाथि समाचार लेखेकै विषयमा दुव्र्यवहार भएको छ। लमही नरपालिका पशु उपशाखाका प्रमुख तथा दर्शन स्वर्गद्धारी एग्रोभेट सेन्टरका संचालक शिवराज न्यौपानले पत्रकार खनालमाथि दुव्र्यवहार गरेका हुन । पत्रकार खनालले हिजो किसानलाई हाईब्रिड धानको नाममा झुक्याएर अन्य धानको बीउ बिक्री गरेको विषयमा समाचार लेख्नुभएको थियो । सोही विषयमा दर्शन स्वर्गद्धारी एग्रोभेट सेन्टरका संचालक न्यौपानले पत्रकार खनाललाई दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएका हुन ।
समाचारकै विषयलाई लिएर दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ दाङले भने आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष दुर्गालाल केसी र सचिव आरके सितलले विज्ञप्ति जारी गर्दै समाचारमा चित्त नबुझेमा अन्य कानुनि उपाय रोज्नु पर्नेमा ज्यान मार्ने धम्की दिने कार्यप्रति भत्र्सना गर्नुभएको छ। साथै उहाँहरुले खनालमाथि दुव्र्यवहार गर्ने न्यौपानेलाई कारबाहीकालागि सम्बन्धित निकायसँग माग पनि गर्नुभएको छ।