• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने


  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको छ ।

    Advertisement

    मन्त्रालयका सचिव टेकनारायण पाण्डेका अनुसार ऐनले तोकेको हदभन्दा बढी जग्गा आवश्यक पर्ने भई त्यस्तो जग्गा खरिद गर्न चाहने उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षा वा स्वास्थ्य संस्था, कृषि व्यवसायसम्बन्धी फार्म, सङ्घसंस्था र अन्य सार्वजनिक संस्थाले कानुनअनुसार निवेदन दिनुपर्ने हुन्छ । सरकारले कुनै व्यक्ति वा सङ्घसंस्था, कम्पनी वा फार्मले तराईका लागि एक बिघा घडेरीसहित ११ बिघा, पाँच रोपनी घडेरीसहित उपत्यकाका लागि ३० रोपनी, पाँच रोपनीसहित ७५ रोपनी जग्गा राख्न हदबन्दी तोकेको छ ।

    उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि थप जग्गा चाहियो भने निवेदन दिनुपर्ने सचिव पाण्डेले बताउनुभयो । जेठ ३ गते नेपाल राजपत्रमा प्रकाशित भएको सूचनाअनुसार थप जग्गा माग गर्ने सङ्घसंस्था कम्पनी वा व्यक्तिले खरिद गर्न चाहेको जग्गा रहेको स्थान, अधिकतम क्षेत्रफल, जग्गाको प्रकार, मन्त्रालयको सिफारिस, उद्योग, प्रतिष्ठान वा कम्पनीको दर्ता प्रमाणपत्र, निर्णयको प्रतिलिपि, स्थानीय तहको सिफारिस, पान नम्बर, कर चुक्ताको प्रमाणपत्रलगायतका प्रमाणपत्र तथा प्रतिलिपिहरू निवेदनका साथ दिनुपर्ने हुन्छ ।

    कानुनअनुसार निवेदन पेस हुन आएकामा भूमि व्यवस्थापन तथा अभिलेख विभागले खरिद गर्न खोजिएको जग्गाको स्थलगत निरीक्षण गरी जग्गाको भौतिक अवस्था र जग्गाको सम्बन्धमा कार्यालयमा रहेका स्रेस्ताको विवरण खुलाई पठाउन निवेदनसहितका विवरण तथा कागजात सम्बन्धित कार्यालयमा पठाउनुपर्ने हुन्छ । सो कार्यालयले माग गरेको जग्गाको भौतिक अवस्था, जग्गाको किसिम, स्वामित्वको अवस्था र नापी नक्साको आधारमा जग्गाको अवस्थितिसमेत यकिन गरी प्राप्त निवेदनसहित विभागमा पठाउनेछ ।

    त्यसपछि विभागले निवेदन तथा कागजातका आधारमा जग्गा खरिदका लागि स्वीकृति दिन उपयुक्त भए वा नभएको सम्बन्धमा विभागले आफ्नो रायसहित सम्बन्धित विवरण मन्त्रालयमा पठाउनेछ । विभागको राय र निवेदनसहितका विवरण तथा कागजात प्राप्त भएपछि जाँचबुझ गर्दा जग्गा खरिदका लागि स्वीकृति दिन उपयुक्त देखिएमा मन्त्रालयले तोकिएबमोजिम जग्गा खरिद गर्न स्वीकृति दिनेछ । स्वीकृति प्राप्त गरेको दुई वर्षभित्र जग्गा खरिद गरिसक्नुपर्ने हुन्छ । हदभन्दा बढी जग्गा खरिद गर्न स्वीकृति पाएका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले त्यस्तो हदभन्दा बढीको जग्गा धितो बन्धक राखी ऋण लिन नपाउने मन्त्रालयले जनाएको छ ।

    सिमेन्ट कारखाना प्रयोजनका लागि काठमाडौँ उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा मझौलाका लागि तीन सय रोपनी र ठूलाका लागि पाँच सय रोपनी, भित्री मधेस र तराई क्षेत्रमा मझौलाका लागि २५ बिघा जग्गा खरिद गर्न पाउनेछन् । चिनी कारखानाका लागि तराई मधेसमा मझौला कारखानाका लागि ३० र ठूलाका लागि ५० बिघा, हिमाल र पहाडमा फलफूल खेतीका लागि सानाका लागि पाँच सय, मझौलाका लागि एक हजार र ठूलाका लागि १५ सय रोपनी, तराई मधेसमा सानाका लागि ५०, मझौलाका लागि एक सय र ठूलाका लागि डेढ सय बिघा जग्गा खरिद गर्न सकिने हदबन्दी तोकिएको छ ।

    त्यस्तै माछापालनका लागि मझौलाका लागि हिमाल र पहाडमा एक सय र ठूलाका लागि डेढ सय रोपनी, तराई मधेसमा मझौलाका लागि ३० र ठूलाका लागि ५० बिघा जमिन मात्र खरिद गर्न पाउनेछन् । अलैँची वा कफी खेतीका लागि हिमाल र पहाडमा सानाका लागि पाँच सय, मझौलाका लागि एक हजार र ठूलाका लागि १५ सय रोपनी खरिद गर्न पाउनेछन् ।

    यसरी नै चिया खेती, जडीबुटी खेती तथा प्रशोधन, पुष्प तथा तरकारी नर्सरी, लोक्ता खेती, रबर खेती, पन्छीपालन, पशुपालन, चरन तथा घाँस उत्पादन, उखु खेती, सहकारी खेती, चारतारे वा सोभन्दा माथिको होटल, जङ्गल रिसोर्ट, गल्फ कोर्स वा हात्ती वा घोडा पोलो वा अश्व आरोहण, फोहरमैला व्यवस्थापन, सूचना प्रविधि पार्क, सामुदायिक पार्क, चलचित्र सिटी, एक सय शय्याभन्दा बढीको अस्पताल, शिक्षण अस्पताल, विद्यालय वा महाविद्यालय, आवासीय क्षेत्रमा घरजग्गा व्यवसाय गर्ने अनुमति लिएका कम्पनीका लागि जग्गा खरिद गर्नुपर्ने र त्यसका लागि सरकारले हद तोकेको छ ।गोरखापत्र

    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation