कोरोना रोकथाम गर्न प्यूठानमा प्रदेश सरकारको १५ लाख सहयोग

प्यूठान। लुम्बिनी प्रदेश सरकारले कोरोनाबाट बिरामी भएकाको उपचारलाई थप प्रभावकारी बनाउन प्युठानमा १५ लाख रुपैयाँ रकम उपलब्ध गराउने भएको छ।
प्रदेश सरकारबाट जिल्ला अस्पताल प्यूठानलाई १० लाख र स्वास्थ्य कार्यालयलाई ५ लाख रुपियाँ रकम उपलव्ध गराउने निर्णय भएको ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिनुभयो।
कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा अत्यावस्यक सेवा प्रवाह, र व्यवस्थापन लगायतमा उक्त रकम खर्च हुने मन्त्री रिजालको सचिवालयले जानकारी दिएको हो ।

Sharing Now!

You might also like

Comments are closed.