• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

“आमा” यो सृष्टि देखाउने मेरि आमा !


  •   मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
  • “आमा”
    यो सृष्टि देखाउने मेरि आमा !
    मलाइ यस धर्तिमा पाइला टेकाइ नाना ताते सिकाउने मेरि आमा !
    मलाइ माया ,स्नेह , अनुसासन ,हिम्मत अनि सदभाव सिकाउने मेरि आमा !

    Advertisement

    खै म कहाबाट सुरु गरु मेरि आमा आज तिम्रो मुख हेर्ने दिन रहेछ ।केहि शब्दहरुनै मनबाट फुट्न सकेको छैन |आज सम्म आमाको मुख हेर्ने दिनमा सामाजिक सन्जाल हरुमा मेरि आमालाइ मुख हेर्ने दिन भनेर शुभकामना पनि नदियको अभागि कान्छो छोरो म ।तर आज आमा अनि बाबाको सार्है याद आयको छ । सायद म दुखमा अनि बिरामि भै बेडमा थलियर होला यति धेरै सम्झना आयको । मान्छेको स्वभाव स्वार्थि हुन्छ भन्छन आफु अपठेरामा पर्दा मात्र सम्झने सुखको बेला आफनै सन्सारमा रमाउने प्रबित्ति सायद म मा पनि त्यो स्वभाव छ । हो तिम्रो भौतिक रुपमा हाम्रो सामु सरिर नभय पनि त्यो बिहानीपख उदायको सुर्यको किरण जस्तै चम्किलो तिम्रो मुहार लाइ मन -मस्तिष्क मा ग्रहण गर्दै तपाईंले निसुल्क रुपमा दिनु भयको मेरो यो स्वर्गको टुक्रा भन्दानि प्यारो जिन्दगीलाइ असल बाटोमा हिड्न,सामाजिक कार्य गर्न , अन्यायको बिरुद्दमा बोल्न,युबाहरुको मुक्तिका लागि लड्न , बर्गिय बिभेद अन्त्य गर्न,जातिय बिभेदको निसानि मेटाउन लगायत समाजमा भयका अनेकन कुरितिका बिरुद्द आवाज बुलन्द बनाउनु अहिलेको अनिबार्य आबस्यकता हो ।अनि त्यसलाइ पुरा गर्न लाग्नु मेरो जिम्मेवारि र कर्तब्य हो । त्यस कार्य पुरा गर्नुका लागि मेरो मनोबल उच्च बनाउनु आबस्यक छ । यो बिरामि भएको कम्जोर मनोबललाइ शक्तिमा बदल्न सक्ने उर्जा हो *आमा * भन्ने सब्द र तिमि सग बितायको पल याद गर्दा सन्सार जित्ने आट जोस आउछ आमा म मा ।
    त्यस कारण यिनै सार्बजानिक हितको स्वार्थ पुर्ति गर्नका लागि आज अत्यन्तै भाबुक भयर बिरामिको बेडबाट मेरो अबिभाबक आमा – बाबालाइ सम्झियर स्वार्थि बन्दैछु उर्जावान बन्दैछु।

    मैले तिमि बिनाको हाम्रो घर सुनसान मानेको छु । साच्चै म जन्मिना साल असार साउन ताका बाबाले तिन पटक भत्कदा पनि हिम्मत नहारि बनायको त्यो सानो घर हामि छ्जना छोराछोरी बाबा -आमा अनि बाजे -बज्यै गरि १० जना परिवार बस्दा कति रमाइलो हुन्थ्यो है , एकै पटक खाना खाने बेला थाल बटुका पुग्दैनथ्यो । खादा खादै दाल तरकारि सकिन्थ्यो । अनि मलाइ आज झै लाग्छ त्यो दिन हाम्रो बुडो गौथले गोरु र जति खुवायपनि नमोटाउने दुब्ले गोठे गोरु लगि गोठाली गयको मजुवा बन , हडा बन , बिसरे माथि बन ,अनि पार्थुवा फाट अनि ,दिन भरि गोरु चराउदा साथिहरु सग गुच्चा ,खोपि अनि भुरुन्ङ नचाउने खेल खेलि साझ पख गोरुल्याइ घर फर्कदा तिमिले छोरा भोकायो कि भनेर बनायको मकै को रोटि र खलिको अचार खायको त्यो पल अझै पनि झलझली यो मेरो मानसपटलमा आइरहन्छ मेरि आमा ।त्यसका बाबजुद पनि हामि हासि खुसि रमाउदै दुख सुख झेल्दै अगाडि बड्न र जिन्दगी मा हरेक समस्या सग लड्न जुध्न अनि जित्न सिकायर अल्प आयुमै हामिलाइ छाडेर गयौ आमा ।
    तिमि सामान्य आमा हुदै होइनौ ३० बर्सको छोरोलाइ जनताले पत्यायर सम्मानित पदमा बिजयको माला र अबिर लगाउने छोरो जन्मायर सोहि अनुसार बाताबरण तयार पारि छोरालाइ मैदानमा भिडाउन सक्ने महान आमा हौ ।

    जिन्दगी न हो जस्तो सुकै दुख -कस्ट आदि -बेहरि आयपनि चित्त त बुझायर अगाडि बड्नु पर्दो रहेछ ।सन्सार को रिति नै यस्तै रहेछ सङ्ग सगै जानु नसकिदो रहेछ आमा ।

    कति खुसि साथ हामिले तपाइहरु सग अ्मुल्य समय बितायौ ।सम्झदा नि आनन्द लाग्छ यस्तो लाग्छ किनेर पाउने भय त्यो क्षण मेरो सबै सब थोक सुम्पेर तपाइ सग बस्ने इछ्या प्रकट गर्दथे आमा । तर अहिले मैले बनायको घर त भब्य नै छ तर मेरो मन कहिले प्रसन्न भको छैन छोराले गरेको प्रगति बाबा आमालाइ देखाउन नपाउनु र छोराको अधिकतम खुशिमा आमा बाबा साथमा नहुनु भनेको छोरोको लागि दुर्भाग्य हुदो रहेछ | त्यस कारण मेरो जे जति प्रगति भयपनि त्यो अधुरो हुने मैले भित्तृ अन्तर -आत्माबाट महसुस गरि राको छु आमा । र त सम्झन्छु ति पुराना तिमि सङ्ग सगै बितायका स्वणिम पल अनि बाबाले बनायको घर मा कत्ति खुसि हुन्थेउ हामि । खाट मा सुत्न नपायर रिसाउदै भुइमा कम्मल ओछ्याएर सुतेको तेति बेला रिस उठेकाे अहिले सम्झदा आनन्द आउने पल अहिले त आमा ति खाट हरु नै एक्लै सुत्छन अनि ति खाटहरुले सोध्छन मलाइ कहा गय यो घर का त्यत्रा मान्छे पहिले म सग सुत्नलाइ झगडा गर्थेउ अहिले त यो घर सुनसान हुन्छ भनेर ? अनि मैले अकमकिदै उत्तर दिन्छु बाबा -आमा ,बाजे -बज्यै दिन नपुग्दै हामिलाइ छाडेर स्वर्गमा जानु भो , चेलिबेटिहरु कर्म घरमा आफ्ना -आफ्ना भाग्य रेखा कोरिरहेका छन । दाजु हरु आफ्नो अनि छोराछोरीको भबिस्य उज्वल बनाउनका लागि सहर पस्या छन । मेलो मेसोमा आउछन चिन्ता नगर म छु नि घर को कान्छो छोरो अनि बा – आमा , दिदी बहिनीले छानेर ल्याइदियको मेरो जिबन सङ्गिनि कान्छि अनि हाम्रा छोराछोरी घर भरिभराउ बनाउन र गाउघर उज्यालो बनाउन भनेर भनेको छु आमा ।
    आज आमाको मुख हेर्ने पबित्र दिन मलाइ बिस्वास छ तपाइ र बाबाको भेट अबस्य स्वर्गमा हुनु भयो होला | अनि सुखि हुनुहुन्छ होला भन्ने आसा अनि कामना गर्दछु। यस अबसरमा अन्तरात्मा देखि हजुरको पाउमा मेरो शिर चरण गर्दै यो बाचा गर्छुकि तिम्रो आखा भरिका कलेस हरु छोराछोरी नाति -नातिनि कोबारेमा कत्ति पनि चिन्ता नलिनु होला उनि हरुलाइ दुख -सुखमा साथ दिने सम्मानित हैसियत मैले पनि बनाइसकेको छु | सहयोग गर्दै आकोछु भोलि पनि गर्नेछु । तिमिले छाडेर गयपनि चेलिबेटि इस्टमित्रलाइ कहिले पनि सानो मन बनाउन र तिमि नभको महसुस हुन दिनेछैन ।
    अनि तिमिले यस धर्ति छाडेर गए पनि तिम्रो नाम यस धर्तिमा कहिले नमेट्ने गरि गाउसमाजमा सामाजिक काम गरि तिम्रो नाम अ्मर राख्ने प्रण गर्दै आमाको मुख हेर्ने दिनको मेरि आमालाइ शुभकामना दिन चाहान्छु ।

    उहि तपाइको कान्छो छोरो
    श्रीधर रोका (काले)
    माण्डबि गापा ५ रम्दि तिग्रा ठाटि
    ( हाल : गाउपालिका प्रमुख – माण्डबि गाउपालिका )

    मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation