राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठान नगरपालिका -८ निबासी नेपाली काङ्ग्रेसका युवा नेता प्रमोद पोखरेलले लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निरन्तर सहयोग गरिरहेका छन् ।
वैदेशिक रोजगार लगाएत देशका विभिन्न शहरबाट गाउँ जान थालेका अलपत्र नागरिकहरुलाई उनले आफ्नै निजी सवारीमा घर सम्म पुर्याउने गरेका छन् ।
आफ्नै नीजि गाडीमा राखेर जिल्लाका विभिन्न ठाउँका नागरिकहरुलाई घरसम्म पुर्याउने काम गरिरहेको पोखरेलले बताए।
विहिवार भारतको पञ्जाबबाट आएका झिमरुक गाउँपालिका ८ टिमुरचौरका सात जनालाई पोखरेलले बाग्दुलाबाट उद्दार गरी घर सम्म पुर्याईदिएका छन् । टिमुरचौरका नारायण गिरी सहितको टोलीलाई उनले उद्दार गरी घर सम्म पुर्याएका हुन् ।
भारतमा कोरोना बढेपछि उनीहरु घरतर्फ फर्केका हुन् ।
उनले गतवर्षको कोरोना महामारीमा पनि स्वयंसेवी काममा सक्रिय बनेका थिए । यो क्रम निरन्तर चलिरहेको छ । गएको बर्ष उनले जिल्लाका विभिन्न क्वारेन्टाइनमा पुगेर १ हजार ६ सय बढि माक्स बितरण गरेका थिए भने जाेखिम माेलेर काम गर्ने पत्रकारहरुलाई समेत स्वास्थ्य सामाग्री सहयोग गरेका थिए।
पोखरेलले आफ्नै निजी गाडीमार्फत बिद्यार्थी मजदुर लगायत हालसम्म सयौँ अलपत्र नागरिकहरुलाई उद्वार गरि घरसम्म पु¥याएका छन।
बिचल्लीमा परेका नागरिकहरुलाई सहयोग गर्न पाउँदा आफुलाई सन्तुुस्टि मिलेको बताउँदै उनले कोरोनाको डरले आफुलाई एक रत्ति पनि नछोएको बताए । पैसा र खानेकुरा सकिएपछि पैदल आफ्नो जन्मथलो हिँडेकाको पीडा बुझेर उनीहरूलाई खाने कुराको समेत बन्दोबस्त गरेको उनले स्मरण गरे ।
पोखरेल भन्छन :”जितेका कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ? तर हामी चुनाब हारेपनि जनताकाे सेवामा छाै निरन्तर हामी निजि गाडिमा झिमरुकबासि जनतालाइ नि:शुल्क शेवा गरिरहेका छाै।
नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि समेत रहेका पोखरेलले यस्तै अलपत्र परेका जोसुकै नागरिकहरुको पनि आफूले उद्दार गर्ने बताएका छन् । समस्यामा परेकाहरुले आफूलाई खवर गर्न समेत उनले आग्रह गरे ।