• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : केसी


  •   मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
  • कामना डेली, बुटवल।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताउनुभएको छ । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताउनुभएको छ ।
    मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिनुभयो ।

    Advertisement

    ‘म पनि तीन पटक त्यहाँ पुगेँ । त्यो रमिता मैले पनि देखेको छु । आफ्नै पार्टीविरुद्ध अविस्वासको प्रस्ताव, सांसद किनबेच, भ्रष्टाचार’ केसीले भन्नु्यो, ‘अहिले त देशमा संघीयता आएको छ । सिंह दरबार भित्रको त्यो रमिता, त्यो रत्यौली अहिले आठ ठाउँमा पुगेको छ ।’
    अध्यक्ष केसीले नेपालमा दलहरुको आन्तरिक झगडाका कारण बारम्बार जनतालाई दुःख दिने गरेको बताउनुभयो । सत्तासिन दल र केही नेताहरुको झगडाका कारण त्यही संसदमाथि पनि प्रहार हुने र जनताले बारम्बार दुःख पाउने गरेको केसीले बताउनुभयो । उहाँले २००७ सालदेखि अहिलेसम्म पनि त्यो प्रवृति कायमै रहेको जिकीर गर्नुभयो ।

    २००७ सालमा राणालाई हटाएर आएको सिमित प्रजातन्त्र पनि दलहरुकै आन्तरिक झगडाका कारण टिक्न नसकेको, दलहरुले संविधान सभा त्यागेको र सत्ता फेरि निरंकुश राजाको हातमा पुगेको उहाँले बताउनुभयो । ‘२०१५ सालमा राजा महेन्द्रलाई कांग्रेसले दुई तिहाई ल्याउँछ भन्ने थिएन । तर, कांग्रेसले दुई तिहाई ल्याएपछि राजाले १८ महिना पनि बहुदलीय व्यवस्था चल्न दिएनन् । ३० वर्षसम्म पञ्चायती व्यवस्थाले दुःख दियो’ केसीले भन्नुभयो, ‘२०४८ सालमा कांग्रेसले बहुमत ल्यायो तर, कांग्रेसले आफ्नै पार्टीभित्रको झगडा समाधान गर्न नसकेर संसद विघटन गर्यो। त्यसवापत जनताले २०५१ सालको चुनावमा जनताले कांग्रेसलाई सानो पार्टी बनाइदिए । एमाले ठूलो पार्टी त भयो तर कमजोर। त्यसको परिणाम जनतालाई ३० वर्षसम्म लुटेका पूर्वपञ्चहरु पालो गरी गरी फेरि सत्तामा आए ।’

    केसीले थप्नुभयो, ‘२०५६ सालको चुुनावमा पनि कांग्रेसले बहुमत ल्यायो तर फेरि पनि कांग्रेसकै झगडाका कारण २०५९ सालमा संसद लगेर राजालाई बुझाउने काम भयो । जनताले फेरि दुःख पाए ।’
    उहाँले यसअघिको संविधानमा प्रधानमन्त्रीले चाहे संसद विघटन गर्ने अधिकार भए पनि २०७२ सालमा निर्मित संविधानले प्रधानमन्त्रीलाई त्यो अधिकार नदिएको जिकिर गर्नुभयो । तर पूर्वनेकपाको घरझगडाका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेर जनतालाई दुःख दिएको केसीले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।
    ‘बारम्बार देशमा अस्थिरता, सांसदहरुको खरिदबिक्री, बेमौसममा चुनाव गराएर जनतामाथिको आर्थिक भार पार्ने जस्ता प्रवृति रोक्न बर्तमान संविधानमा केही व्यवस्था गरिएको छ। दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था पनि गरिएको छ’ उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्री ओलीले आफ्नो घर झगडा मिलाउन नसकेर फेरि संसद विघटन गरिदिए । सर्वोच्च अदालतले संसद पुनर्स्थना गरेपछि उनले राजीनामा दिनुपर्ने थियो ।

    मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी
    पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली
    तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...