• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

रेसुङ्गा नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम


  •   सोमबार, चैत १६, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले दुई सय किशोरी(विद्यार्थी)लाई आत्मारक्षा तालीम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपीट जस्ता घटना मौलाउदै गएको बेला जिल्लाको रेसुङ्गा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किशोरी(विद्यार्थी)लाई ३ दिने आत्मारक्षा तालिम सम्पन्न गरेको हो ।
    पछिल्लो समय किशोरीहरु असुरक्षित भएको समयमा उनीहरुले आफ्नो शरीरको आफै आत्म रक्षा गर्न सकुन भन्ने उदेश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा ३ दिनसम्म दिइएको तालिमको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका थिए ।
    तालिमको समापन गर्दै नगरप्रमुख भुसालले किशोरी(विद्यार्थी)ले तामिलबाट धेरै कुराहरु सिकेको बताए । यस्ता खालका तालिमलाई आगामी दिनमा वडा वडामा रहेका बिद्यालयहरुमा लैजाने नगरप्रमुख भुसालले प्रतिबद्धता जनाए ।
    महिला तथा किशोरीहरु माथी अझै पनि हाम्रो समाजमा धेरै घटनाहरु घटिरहेकाले त्यसको अत्यका लागि यो तालिमले धेरै कुरा सिकाएको भुसालले बताए । बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथिहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने नगरप्रमुख भुसालको भनाई छ ।
    कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उप्रमुख सिता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले समाजमा महिलामाथि हुने थिचोमिचोलाई कसरी सामना गरेर आत्मविश्वासका साथ अघि बढ्ने भन्ने विषयमा उत्प्रेरित गरेको बताए । सामाजिक रूपमा मौलाएको कुरीति, अन्धविश्वासलाई चिर्न पनि महिला, किशोरीलाई विद्यालयस्तरबाट आत्मरक्षा तालिमको आबश्यकता रहेको उनको भनाई थियो ।
    तालिमबाट कसरी नदेखिने गरी हिंसा हुन्छ भन्ने कुरालाई गहिरिएर बुझ्ने अबसर पाएको किशोरी(विद्यार्थी)हरुको भनाई थियो । यो तालिमलाई वडास्तरमा भएका बिद्यालयहरुमा लैजानका लागि नगरप्रमुखलाई सहभागिहरु चिठ्ठी समेत दिएका थिए ।
    आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गराएको सहभागिहरुको भनाई थियो । किशोरी विद्यार्थीहरूले तालिममा सिकेका ज्ञानको बारेमा छोटो–छोटो प्रस्तुति प्रदर्शन समेत गरेका थिए ।
    तालिममा काठमाडौंबाट आएका २ जना प्रर्शिक्षक निरज न्यौपाने र बिध्या बिष्टले बढ्दो बलात्कार र यौन र्दुव्यवहारको घटनाबाट बच्नका लागि विभिन्न शारीरिक अभ्यास सिकाइएको छ ।
    सुरुवाती चरणमा आक्रमण कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिइएको थियो । शारीक र मानसिक रुपमा कसैले आक्रमण गर्ने खोजेमा महिलाहरु अब डराएर बस्नु पर्ने बाध्यताको अत्य तालिमले सिकाएको रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कल्पना पाण्डेले बताइन ।
    उनले किशोरीलाई आत्मरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने बताइन । यो समाजले पनि महिला तिमी कमजोर हौ भन्ने सोचलाई बदल्न महिलाको आत्मबल बढाउन यो कार्यक्रमको उद्देश्य रहेको छ ।
    किशोरी आत्म रक्षा तालिममा नगरका १४ वटा वडाका माध्यामिक विद्यालयबाट तालिममा ७२ जना किशोरीको सहभागिता रहेको छ ।

    Advertisement

    सोमबार, चैत १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...