काठमाडौं । ‘चुरा धागो’ बोलको गीत सार्वजनिक भएको छ । मिना लामाको शब्द रहेको गीतमा म्होन्दो माया तामाङको स्वर रहेको छ । यस्तै पेमा तामाङको संगीत रहेको गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा पनि संगीतकार पेमा तामाङ सहित फुरीडोमा तामाङ र साइरा मगरले पनि अभिनय गरेका छन् ।
मेलोडि नेपाल स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोलाई अमर ‘म्याक्स’ ले निर्देशन गरेका हुन् । केशव विश्वकर्माले छायांकन गरेको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् ।
Advertisement