• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

गरिब रुवाउँदै मिटरब्याजी


  •   बुधबार, माघ २८, २०७७ मा प्रकाशित
  • महोत्तरी । सुरजले रोजगारीको खोजीमा विदेश जाने योजना बनाए। उनले पासपोर्ट एजेन्टलाई दिए। पासपोर्टमा भिसा लाग्यो। साउदी जाने दिन पनि जुर्‍यो। तर, एजेन्टलाई दिने रकम जुटेन। उनकी सासू सञ्जिला मण्डलले ज्वाईंको दुःख देख्न सकिनन्। महोत्तरी भंगहा–५ सिद्धपुरकी उनी गाउँकै महाजन अनुरुद साहको घरमा पुगिन्। सँगै गए उनका पति जैयनाथ मण्डल।

    Advertisement

    अनुरुदलाई ५० हजार कर्जा मिलाइदिन सञ्जिलाले बिन्ती गरिन्। ‘हजुर ! मेरो ज्वार्इं विदेश जाँदै छ। हातमा उड्ने रुपैयाँ भएन’, उनले दुवै हात जोड्दै जसरी पनि रकम मिलाइदिनु पर्‍यो भनिन्।

    मागेको कर्जा अनुरुदले दिए। तर सर्त राखे, सयकडा ३ रुपैयाँ ब्याज तिनुपर्ने। साउन १५ गते पति जैयनाथ मण्डलको नाममा कपाली तमसुक लेखेर सञ्जिलालाई ऋण दिए।

    उनका ज्वाइँ सुरज कोरोना कहरबीच भदौमा साउदी उडे। ४ महिनापछि ऋण तिर्न ७० हजार पठाए। रकम लिएर सञ्जिला अनुरुदको घर गइन्। तिर्नुपर्ने १२ लाख १८ हजार ९ सय ९० रुपैयाँ भइसकेछ। यस्तो सुनेर उनी चकित परिन्। हिसाब बुझाउँदै अनुरुदले ९ लाख ९० हजार साँवा र २ लाख २८ हजार २ सय ५० रुपैयाँ ब्याज भनेपछि उनको होसहवासै उड्यो।

    ‘मैले ५० हजार मात्रै ऋण लिएको थिएँ। कसरी भयो १२ लाख ?’ सञ्जिलाले जान्न चाहिन्। उनलाई जवाफ दिनुको सट्टा घरबाट निस्किहाल नत्र लात हान्छु भन्दै अनुरुदले धम्काए र जलेश्वर अदालतमा पैसा बुझाउनु भने। उनी दुःखी हुँदै घर फर्किइन्।

    सञ्जिलाले ऋण लिएको जम्मा ५० हजार। तर २५ जेठ २०७५ को पुरानो मिति राखेर अनुरुदले उनका पति जैयनाथको नाममा २० गुणा बढी कपाली कागज गराएको सञ्जिलाले थाहा पाइन्। ९ लाख ९० हजार ऋण लिएको कपाली तमसुक अनुरुदले अदालतमा पेस गरे। यसको ब्याजसहित असुलउपर गराउन जैयनाथविरुद्ध उनले असोज २२ गते जिल्ला अदालत जलेश्वरमा मुद्दा दर्ता गरिसकेका रहेछन्। ऋण लिएको भन्दा झन्डै १२ लाख बढी तिनु पर्ने भएपछि, न्यायका लागि उनी सबैसँग गुहार माग्दै छिन्।

    सञ्जिलाका पति जैयनाथ भारतको मद्रासमा छन्। लिँदै नलिएको कर्जा तिर् भन्दै मिटरब्याजी साहुले अदालतमा मुद्दा हालेपछि सञ्जिला तारिख धाइरहेकी छन्। ‘मंसिर र पुसमा अदालत गएर तारिख लिएँ। अब अदालत जाने बसभाडा पनि छैन। साँझ, बिहान छाक केले टार्नु ?’ उनले रुँदै भनिन् । अनुरुदले गरेका ठगीको यो एउटा प्रतिनिधि घटना मात्रै हो। उनले महोत्तरी, धनुषा र सर्लाहीका दर्जनौं गाउँका सयौं गरिबलाई रुवाएका छन्। थोरै ऋण दिएर २० गुणासम्म कर्जा दिएको कपाली तमसुक बनाई करोडौं ठगिसकेका छन्। उनले यस्तो धन्दा चलाउन थालेको १५ वर्ष बितिसक्यो।

    अदालतमा मुद्दा हालेर अनुरुदले सञ्जिलाका आफन्त मीनादेवी मण्डलको ४ कट्ठा र जिबच्छी धानुकको ११ कट्ठा जमिन रोक्का गराएका छन्। आफन्तले पनि ऋण तिरेर चाँडै फुकुवा गराउन दबाब दिएपछि उनी झनै तनावमा छिन्। राजकरण महताेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

    बुधबार, माघ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation