• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ८. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’


  •   बिहिबार, माघ १५, २०७७ मा प्रकाशित
  • काठमाडौं।जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको हो । यसका लागि पहिलो चरणमा सुर्खेतबाट खरिद गरिएको २ सय ७० क्विन्टल मार्सी चामल काठमाडौं ल्याएर प्याकेजिङ भइरहेको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए ।

    Advertisement

    दोस्रो चरणमा कम्पनीले जुम्लाबाटै थप ३ हजार क्विन्टल मार्सी धान खरिद प्रक्रिया सुरु गरेको छ । ‘सुर्खेतबाट ल्याएको मार्सी चामल प्याकेजिङ भइरहेको छ । बिहीबारदेखि नै उपभोक्ताले किन्न पाउँछन् । यसको मूल्य प्रतिकिलो २ सय २५ रुपैयाँ निर्धारण गरेका छौं,’ थापाले भने, ‘खाद्यले तोकेको मूल्य बजार भाउभन्दा धेरै सस्तो छ ।’

    कम्पनीका अनुसार बजारमा एक किलो मार्सीको मूल्य २ सय ४० देखि २ सय ६० रुपैयाँसम्म पर्छ । सुर्खेतको बजारमै खुला प्रतिकिलो १ सय ८५ रुपैयाँमा खरिद गरेको खाद्यले ढुवानी, प्याकेजिङ खर्च, लोड–अनलोड, प्रशासनिक खर्चलगायत जोडेर खुद्रामा आफूले बेच्ने मूल्य निर्धारण गरेको जनाएको छ ।

    ‘फलाउनेलाई केही राहत होस् भनेर सुर्खेतका किसानसँग समन्वय गरेर पहिलो लट ल्यायौं,’ थापाले भने, ‘बिहीबारदेखि काठमाडौंको थापाथली, नक्खु, भक्तपुर, रामशाहपथ आउटलेटबाट बिक्री सुरु गर्छौं । बिक्री कक्ष नआई अनलाइनबाट किन्छु भन्नेलाई पनि डेलिभरी दिने व्यवस्था गरेका छौं ।’

    दोस्रो चरणमा जुम्लाबाट धान खरिद गर्न कम्पनीले प्राथमिक खरिद समिति गठन भएको जनाएको छ । सरकारी प्रक्रियाअनुसार गठित समितिमा अध्यक्ष सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । सदस्यमा खाद्य कम्पनी, कृषि ज्ञान केन्द्र, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित हुन्छन् ।

    टोलीले स्थानीय उत्पादन, बजार मूल्य र सीमावर्ती दरभाउ विश्लेषण गरेर उचित मूल्य तोक्छ । जुम्लाको मार्सी धान खरिद गर्न प्रतिकिलो १ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ । किसानहरूले चामल नै बिक्री गरे प्रतिकिलो १ सय ६२ रुपैयाँ ५० पैसा निर्धारण भएको थापाले बताए ।

    ‘जुम्लाको मार्सी धान आइतबारदेखि खरिद हुन्छ । किसानहरूले चामल बिक्री गरे चामलै पनि खरिद गर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘जुम्लामा खरिद गरिएको धान सुर्खेतमा प्रशोधन गर्छौं । जुम्लामा मिल भए त्यहीं पनि गर्न सकिन्छ, त्यसपछि उपत्यकामा बिक्री गर्छौं ।

    तीन वर्षअघि आफ्नो घरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको भन्दै व्यवसायी दुर्गा प्रसाईंको फोटो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । उक्त फोटो बाहिरिएपछि मार्सी चामलले निकै चर्चा पाएको थियो ।

    निजी क्षेत्रका खाद्य व्यवसायी र फर्महरूलाई आकर्षित गरेको मार्सी चामल मुलुकका प्रमुख बजारका डिपार्टमेन्टल स्टोरहरूबाट बिक्री सुरु भएको थियो । निजी क्षेत्रका फर्महरू अहिले पनि मार्सी चामल बिक्री गरिरहेका छन् ।

    खाद्यले ढिला गरी मार्सी बिक्री गर्न थाल्नु सरकारकै प्रवर्द्धनको नीति अघि बढाएको जनाएको छ । जुम्लाबाटै मार्सी धान खरिद गर्नुको मुख्य उद्देश्य बजारीकरण भएको कम्पनीले जनाएको छ । मार्सी चामलसँगै खाद्यले कर्णालीको सिमी पुनः खरिदबिक्री गर्ने योजना पनि बनाएको छ । खाद्यले २०७४ सम्म सिमी, फापरलगायत गेडागुडी खरिद गर्दै आएको थियो ।

    कर्णालीकै उत्पादन खरिद गर्न सरकारले अनुदानसमेत दिँदै आएको थियो तर खरिद गरिएको सिमी तथा फापर खाद्यले अपेक्षित परिमाणमा बिक्री गर्न सकेन । राजु चाैधरीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

    बिहिबार, माघ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation