कोरोना खोप प्युठान आईपुग्यो, १७ गतेबाट लगाउन सुरु गर्ने

कामना डेली, प्युठान। प्युठानमा कोरोना भाइरस (कोभिड—१९ विरुद्ध)को २ हजार ३६० डोज खोप आईपुगेको छ । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीका अनुसार २३६ भाइल कोरोना बिरुद्धको २ हजार ३६० डोज खोप प्युठान आईपुगेको हो । यहि माघ १७ गते देखी प्युठानमा कोरोना खोप लगाउन सुरु गरिने सुबेदीले बताउनुभयो।

यो पहिलो चरणको खोप बिशेष गरी अग्रपंक्तीमा खटिने सुरक्षा निकाय, स्वयमसेविका, स्वास्थकर्मी, सरसफाईमा खटिने कर्मचारी, सब ब्यवस्थापनमा खटिने ब्यक्तीहरुलाई खोप लगाईने छ ।
सरकारको भोली बुधवार देखि सुरु हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानका लागि प्रदेशबाट उक्त खोप प्युठान आईपुगेको हो ।

Sharing Now!

You might also like

Comments are closed.