अनिल खत्री, गुल्मी । पूर्वमन्त्री एबम् (नेकपा) नेता गोकर्ण बिष्टलाई मातृशोक परेको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–४ निवासी पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टकी माता चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो ।
चिन्तकला विष्टको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो । पूर्वमन्त्री बिष्टका दाई इश्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, नेकपा नेता, चुरा बिष्ट र गगन बिष्टलाई मातृशोक परेको छ ।
चिन्तकला विष्टको अन्त्येष्टी पूर्वमन्त्री गोकर्ण विष्ट काठमाडौंमा रहेकाले बुधवार मात्रै आफ्नै आर्यघाट छल्दीखोलामा अन्त्येष्टी गरिने विष्ट परिवारले जनाएको छ ।
Advertisement