चुनाव हुँदैन भन्दै नबस्नुस फेरी पत्तासाफ भैएला चुनावको तयारी गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड(नेपाल समूहलाई निर्वाचनमा भाग लिएर केही सिट ल्याउन आग्रह गर्नु भएको छ उहाँले केहि सिटको अपेक्षा भए आजै देखि चुनावको तयारी गर्न आग्रह समेत गर्नु भयो ।

केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताउनुभएको हो । , “वैशाखमा पनि चुनाव हुँदैन भन्ने । अनी ओली पत्तासाफ पनि हुने । त्यसैले म भन्छु चुनावको तयारी गर्नुस् ।”
ओलीले लामो संगतले पनि अर्का अध्यक्ष प्रचण्ड नसुध्रेको आरोप लगाउनुभएको छ। उहाँले ले प्रचण्डलाई सुधार्न धेरै डल्ला साबुन खेर गएको बताउनुभयो।

‘ प्रचण्डलाई धुँदा धेरै सबुनका डल्ला खेर गए, निकै ड्रम पानी खेर गयो’ ओलीले भन्नुभयो। ‘ सावुन लगायो, पानी खन्यायो शरिरमा फेरि उस्तै हुने’ ।

अर्का अध्यक्ष माधव नेपालप्रति आफुले धेरै टिप्प्णी नगर्ने ओलीले बताउनुभयो। उहाँले भन्नुभयो ‘ माधव नेपाल प्रचण्डका साधारण कार्यकर्ता भए त्यसैले धेरै टिप्पणी गर्न चाहन्न।ओलीले चुनावमा प्रचण्ड–माधव समूह आए अध्यक्ष पद छोड्ने प्रतिबद्धता जनाउनुभयो ।

Sharing Now!

You might also like

Comments are closed.