रोल्पा। प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ईश्वरी जिएमसहित राेल्पाका ५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
Advertisement
बालुवाटारमा बसेको ओली समूहको भेलाले नेता कुमार दसाैदी, पूर्वराष्ट्रिय सभा सदस्य मीना बुढा, त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली र रिमाकुमारी नेपालीलाई पनि केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरेको छ।