• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

३९ लाख विद्यार्थीलाई प्याकेजसहित निःशुल्क सिम


  •   बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । देशभरका ३९ लाख विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न डाटा, एसएमएस सुविधा र अनलिमिटेड कुरा गर्न निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।

    Advertisement

    सामुदायिक विद्यालयमा अध्ययरत कक्षा १ देखि १० सम्म विद्यार्थीको पढाइलाई निरन्तरता दिन निःशुल्क सिमसहित कक्षा सञ्चालन गर्न लागेको हो । मोबाइलबाट कक्षा शुरु गर्न सरकारले २ अर्ब रुपियाँ उपलब्ध गराएको छ । यो रकम ३ महिनाका लागि विनियोजन गरेको हो । सिम खरिद गर्न सबै विद्यार्थीलाई स्थानीय तहमार्फत विद्यालयमा रकम उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी नयाँ प्रविधिसँग जोडेर कक्षा शुरु गर्न लागेको हो ।

    ‘निःशुल्क सिम लिएपछि क्लोज युजर ग्रुप (सीयूजी) गठन गरी गरी विद्यालयमा अनलाइनबाट पढाउने व्यवस्था हुनेछ।’ –शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले भन्नुभयो । सबै विद्यार्थीलाई निःशुल्क सिम दिेने र पढाउने विषयमा मन्त्रालयले कार्यविधि स्वीकृत गरेको छ ।

    मन्त्रालयले बुधबार ‘विद्यालय सञ्चार सञ्जालीकरण कार्यविधि–२०७७’ स्वीकृत गरेको हो । सो कार्यविधि सबै विद्यार्थीले प्याकेजसहितको निःशुल्क सिमकार्ड पाउनेछन्, शिक्षा विकास तथा मानव स्रोत केन्द्रले एकाघरका दुई जना छोराछोरी भए एक जनालाई मात्र सिम दिने व्यवस्था कार्यविधिमा छ ।

    मन्त्रालयका प्रवक्ता शर्माका अनुसार देशभर करिब ७२ लाख विद्यार्थी अध्ययन गर्ने भए पनि नेटवर्क नभएका जिल्लाका विद्यार्थी, बालविकास समूहका र ११ र १२ का विद्यार्थीबाहेक करिब ३९ लाख विद्यार्थीले त्यो सुविधा पाउनेछन् ।

    शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले टेलिभिजन र अन्य माध्यबाट टाढा रहेका विद्यार्थीलाई मोबाइलको डाटा प्रयोग गरी पढ्न नयाँ व्यवस्था गरिएको जानकारी दिनुभयो । सिम पाएपछि विद्यार्थीले अब शिक्षकसँग जोडिएर निःशुल्क डाटा प्रयोग गरेर पढ्नुपर्नेछ ।

    निःशुल्क सिम र डाटा लिएपछि केन्द्रको एप्स र ई–लर्निङ पोर्टलसँग जोडिने व्यवस्था छ । कोभिड–१९ संक्रमणबाट थला परेको पढाइलाई सूचना प्रविधिसँग जोडेर वैकल्पिक माध्यमबाट पढाउन यो व्यवस्था गरिएको हो ।

    निःशुल्क सिम उपलब्ध गराउन अर्थ मन्त्रालयबाट बजेट विनियोजन भइसकेको जानकारी गराउँदै केन्द्रका महानिर्देशक अर्यालले पहिलो चरणमा तीन महिनासंम्म कक्षा सञ्चालन गर्न समस्या नहुने बताउनुभयो । यो कार्यक्रमका लागि मन्त्रालयले चालू शैक्षिकसत्रमा करिब ३ अर्ब बजेट खर्च हुने अनुमान गरेको छ ।

    त्यसैले पहिलो तीन महिनाका लागि १ अर्ब ९९ करोड र बाँकी एक महिनाका लागि १ अर्ब गरी ३ अर्ब रुपियाँ माग गरिएको केन्द्रका महानिर्देशक अर्यालले जानकारी दिनुभयो । सिम प्रयोग गर्ने विद्यार्थीले विद्यालयले तय गरेको नियम पालना गर्नुपर्नेछ । तोकिएको समयमा पढ्नुपर्नेछ, अभिभावक र शिक्षकबीच छोराछोरीको अवस्थाबारे जानकारी राख्न आपसमा कुराकानी गर्नुपर्नेछ । कार्यविधिमा सिम प्रयोग, उद्देश्यलगायतका विषय समेटिएको छ ।

    सरकारी विद्यालयका विद्यार्थीलाई अनलाइन कक्षासँग परिचित गराउने र वैकल्पिक माध्यमबाट पढ्नुपर्ने व्यवस्थालाई लागू गराउन कार्यविधि ल्याइएको प्रवक्ता शर्माको भनाइ छ ।

    केन्द्रका महानिर्देशक अर्यालले सिम पाएपछि पढाइको व्यवस्थापन स्थानीय तहले विद्यालयले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यार्थी, शिक्षक र अभिभावकलाई सूचना प्रविधिसँग जोड्न र अनलाइन पढाइलाई निरन्तरता दिने यो व्यवस्था गर्न लागेका हो ।’
    मन्त्रालयले छात्रालाई उपलब्ध गराइने भनिएको निःशुल्क सेनेटरी प्याड र दिवा खाजाको बजेट कटौती गरी सिम उपलब्ध गर्न व्यवस्था गरेको हो ।

    कोभिड संक्रमणले गर्दा करिब ७ महिना विद्यालय बन्द भएकाले छात्रालाई उपलब्ध गराउने सेनेटरी प्याड र दिवा खाजाको शीर्षकमा बजेट खर्च नभएपछि सोही बजेटबाट निःशुल्क सिम उपलब्ध गराउन अर्थले बजेट स्वीकृति दिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

    बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation