• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

यसरी भयो ललिता निवास अतिक्रमण


  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो। पछि हालसाबिक गर्दा २ सय ९९ रोपनी ९ आना देखियो। त्यही जग्गा नै ललिता निवासमा पर्छ। उक्त जग्गा भीमशमशेरका छोरा हिरण्यशमशेर हुँदै नाति एवं प्रजातन्त्रवादी नेता सुवर्णशमशेरमा हस्तान्तरण भएको थियो। सुवर्णशमशेरले २०१७ असार २९ गते पत्नी श्वेतप्रभालाई ५८, छोरा कनकशमशेर, कञ्चनशमशेर र रुक्मशमशेरलाई ५७ रोपनीका दरले बकसपत्र गरिदिए।

    Advertisement

    सरकारले २०१८ सालमा जग्गा प्राप्ति ऐन जारी गर्दै मुआब्जा दिएर ललिता निवाससहित ६ वटा दरबार अधिग्रहण गरेको थियो।

    त्यसमा ललिता निवासको २ सय ८४ रोपनी १४ आना परेको थियो। १४ रोपनी ११ आना सुवर्णशमशेर र उनको परिवारका नाममा कायम भएको थियो।

    पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित ललिता निवास जग्गा छानबिन समितिका अनुसार ललिता निवाससहित हरिहर भवन ललितपुर, सीता भवन नक्साल, लक्ष्मी निवास महाराजगन्ज, बबरमहल कुरियागाउँ, महावीर भवन नक्साल जग्गा प्राप्ति ऐन जारी गर्दै सरकारले अधिग्रहण गरेको हो। ललिता निवासको जग्गामा प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास र राष्ट्र बैंक कार्यालय स्थापना गरियो। ६० रोपनी जग्गा राष्ट्र बैंकलाई दिइयो। बाँकी २ सय १२ रोपनी जग्गा समरजंग कम्पनीका नाममा दर्ता गरियो।

    तर, त्यो अधिग्रहण गरेको जग्गा पञ्चायतले जफत वा हरण गरेको भन्दै पुनः व्यक्तिका नाममा दर्ता गराउने काम भएको छानबिन समिति संयोजक त्रिताल बताउँछन्। राजनीतिक कारणले हरण भएको जग्गा फिर्ता दिने भन्ने सम्बन्धमा ०४७ सालमा निर्णय भएको थियो। त्यसलाई अपव्याख्या गरी ललिता निवासको जग्गामा चलखेल सुरु भएको थियो। यद्यपि, त्यसअघि पञ्चायतकालमै १२ रोपनी ७ आना अतिक्रमणमा परेको थियो। त्यसपछि ०४९ सालमा ११२ रोपनी ४ आना राणा परिवारका नाममा दर्ता गरिएको थियो। त्यसबेला मालपोतका कर्मचारीको मिलेमतोमा १०२४ र १०२५ मिसिल नै गायब गरेका थिए। ०६२ मा १२ आना छुट दर्ताका नाममा कनकशमशेरकी पत्नी सुनितीको नाममा दर्ता गर्ने काम भयो। त्यसपछि ०६६/६७ मा १८ रोपनी र ०६९ मा ३ रोपनी १२ आना अतिक्रमणमा परेको थियो।

    जग्गा माफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीले उक्त जग्गामा आँखा लगाएका थिए। ढकाल र सुवेदीले नक्कली मोही खडा गरी त्यो जग्गा हडप्न अभियान नै चलाए।

    ०६६/६७ र ०६९ मा सरकारी तवरबाट नीतिगत निर्णय गराएरै प्रधानमन्त्री निवाससमेत व्यक्तिका नाममा दर्ता गराउने काम भएको अनुसन्धानले देखाएको छ। ०६६/६७ मा १६ नक्कली मोही खडा गरी जग्गा बाँड्ने काम भएको थियो। प्रधानमन्त्री निवास विस्तारका नाममा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवासको जग्गासमेत व्यक्तिका नाममा दर्ता गरियो।

    तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयले नियतवश नै अनधिकृत व्यक्तिलाई मोही खडा गराउने तथा सरकारी सार्वजनिक सम्पत्ति मास्ने नियत देखिएको त्रिताल प्रतिवेदन र अख्तियारको अनुसन्धानमा उल्लेख छ। त्यसबेला भौतिक योजनामन्त्री थिए विजयकुमार गच्छदार, सचिव दीपकुमार बस्न्यात। उनै बस्न्यात पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भएका थिए। अनधिकृत तवरले मोही खडा गर्ने कार्यमा संलग्न रहेको भन्दै अख्तियारले गच्छदार र बस्न्यातविरुद्ध मुद्दा हालेको हो। भूमिसुधार मन्त्रालयले गर्नुपर्ने कार्यमा हस्तक्षेप गरेर भौतिक निर्माणले गरेको देखिएको छ।

    ०६९ मा पशुपति टिकिन्छा गुठी भनेर हुँदै नभएको गुठी बनाइयो। तीन रोपनी १२ आना जग्गा गुठीका नाममा दर्ता गर्ने निर्णय मन्त्रिपरिषद्ले नै गर्‍यो। यसरी बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने काम भयो। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

    सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation