• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

सार्वजनिक जग्गा भाडामा नदिन पत्राचार


  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक जग्गा जथाभावी लिजमा दिने र हक हस्तान्तरण गर्ने कार्य नगर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

    Advertisement

    सार्वजनिक जग्गाहरु धमाधम अतिक्रमित भइरहेको अवस्थामा मन्त्रालयले ७ सय ५३ नगरपालिका र गाउँपालिकामा पत्र लेखर सोको संरक्षण गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

    पहुँच हुने, शक्तिको आडमा सार्वजनिक जग्गाहरु धमाधम अतिक्रमण गरेको जानकारीहरु प्राप्त भएको अवस्थामा मन्त्रिस्तरीय निर्णय गरेर सो आग्रह गरिएको हो । कानुनी व्यवस्थाबाहेक अन्य प्रक्रियाबाट सरकारी सम्पत्ति हस्तान्तरण, बेचबिखन, वितरण र उपयोग जस्ता कार्य नगर्न पत्रमा उल्लेख गरिएको छ ।

    स्थानीय तहले वन क्षेत्रको जग्गा प्रयोगमा ल्याउन वन कानुन, राष्ट्रिय प्राथमिकता आयोजनाका लागि मन्त्रिपरिषद्को निर्णय गराउनुपर्ने प्रावधान रहेको छ । त्यसै गरी जग्गा प्राप्ति गर्नुपरेमा जग्गा प्राप्ति ऐन २०३४ अनुसारको व्यवस्था पालना गराउनुपर्ने प्रावधान रहेको छ ।

    सो कानुनी व्यवस्थाविपरीत स्थानीय तहले सरकारी जग्गा संरक्षण, जग्गा दर्ता तथा लिजमा लिने, वन क्षेत्रको जग्गा प्राप्त गर्ने तथा निजी जग्गा प्राप्ति गर्ने कार्य भइरहेको सन्दर्भमा ध्यानाकर्षण गराउन सो पत्राचार गरिएको पनि प्रवक्ता अधिकारीको भनाइ रहेको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ९७ सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति, ढल, नाला, पुल, पोखरी, धार्मिकस्थल, पाटी, पौवा, घर, कुवा, धारा, इनार, गौचर, पानीघाट, निकास, चोक, गल्ली, सडक, बाटो र सडकका दायाँबायाँका रुखको संरक्षणको स्थानीय तहले गर्नुपर्ने भनेको छ।

    सोही ऐनमा आफ्नो स्वामित्वमा रहेका भवन, जग्गा, पार्क, उद्यान, चौतारो, बगैंचा, बसपार्क वा अन्य संरचना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सीमसार क्षेत्र तथा राष्ट्रिय वनबाहेक आफ्नो क्षेत्राधिकारभित्रको अन्य वन पनि संरक्षण गर्नुपर्ने पनि भनिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

    सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation