अर्घाखाँची । अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता भएका एक जना पुरुष मंगलबार मृत अवस्थामा भेटिएका छन् ।
आइतबार घरबाट निस्किएका सन्धिखर्क नगरपालिका–१ हस्पिटल लाइनका ५५ वर्षीय लक्ष्मण न्यौपाने ३ दिनदेखि बेपत्ता रहेकामा आज मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले न्यौपानेको शव बाँगी खोलाको सोन्ठेमा फेला परेको जनाएको छ ।
उनको शव खोलाको पानीमा डुबिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
Advertisement