• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सामुदायिक वन उपभोक्ता महासंघद्धारा नगरपालिकाको ध्यानाकर्षण


  •   सोमबार, मङि्सर १५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गलकोट बागलुङले गलकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    महासंघले रुख कटान तथा बिक्रि वितरण गर्न लागइएको रुख फुकुवा गर्दै उच्च स्तरिय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको महासंघका गलकोट नगर समितिका अध्यक्ष घनश्याम गौतमले जानकारी दिनुभयो । नेपाल सरकार मन्त्रीपरिषदबाट नै जेठ ५ गते वन क्षेत्रबाट काठ कटान ओसार पोसार तथा विक्रि वितरणमा लगाईको प्रतिवन्द महासंघकै पहलमा खोल्न सहमति भएको भएपनि साल बाहेका काठ मात्र खुलाई सालमा निरन्तर प्रतिवन्द रहेकोले देशभरका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरी १ करोड ४० लाख उपभोक्ताले आफ्ना दैनिक कामहरु गर्न बञ्चित भएका छन् । सालका काठ रोक्का हुँदा समुदायका उपभोक्ताहरुले घर गोठ बनाउन वञ्चित भएका छन । अर्कोतिर सामुदायिक वनले स्थानिय गरिब विपन्न वर्गलाई गर्दै आएको सहयोग रोकिदा चाडपर्व समेत मनाउन नपाएर दुखदायी अवस्था भोग्न बाध्य भईरहेका छन । त्यस विषम परिस्थितीमा सरकार जनताको सेवक हुनुपर्नेमा उल्टै समुदायले उपभोग गरिरहेको अधिकार समेत कटौती गर्नु लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार भएको भन्दै ज्ञापन पत्र बुझाएको महासंघका सचिव डम्मर बहादुर खत्रीले जानकारी दिनुभयो । ज्ञापनपत्रमा गत असोज ११ मा निर्णय भए अनुसार उक्त मान्यताले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा विभिन्न कार्यहरु सुरु गरेको भन्ने व्यहोरा अवगत भएतापनि सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक वनबाट सालका काठहरुको सदुपयोग तथा बिक्रि वितरणका विषयमा हाल सम्म पनि कुनै निर्णय नभई अवरोध सिर्जना भएकोले सो विषयमा यस महासंघको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । महासंघले रोकिएको वनपैदावर खुलाउन र उच्च स्तरिय छानबिन समितिको प्रतिवेदनमा सामुदायिक वनको सन्दर्भमा दिईएका सुझावहरु तत्काल कार्यान्वयन गर्न अनुरोध गर्दै सामुदायिक वन उपभोक्ता समुहले लामो समयदेखि आफ्नो वनबाट संकलित सालको काठ लगायतका वन पैदावारको सदुपयोग एवं बिक्री वितरण गर्नबाट वञ्चित हुदै आएको छ । यसबाट सामुदायिक वन उपभोक्ता समुहहरु शशक्त आन्दोलमा जानुपर्ने अवस्था सृजना भएकोले यस्तो अवस्था सिर्जना हुन नदिनका लागि उच्च स्तरिय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नको लागि माग गरिएको महासंघका अध्यक्ष घनश्याम शर्मा र सचिव डम्मर बहादुर खत्रीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र ग्रहण गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले यसको लागि गलकोट नगरपालिकाले आवश्यक सहजिकरण गर्ने बताउनु भयो ।

    उपभोक्ताको हितमा गलकोट नगर सदैव प्रतिबद्ध रहने नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो । त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले स्थानीय तह मार्फत हुने सबै सहयोग गर्न आफुहरु सकारात्मक रहेको बताउनु भयो ।

    सोमबार, मङि्सर १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation