• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण


  •   बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ।

    Advertisement

    परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको जानकारी दिए। ‘एक साताअघि क्लिनिकल ट्रायल सुरु भएको हो’, कार्यकारी प्रमुख डा. ज्ञवालीले भने, ‘अहिले त्यसको फलोअप गरिरहेका छौं।’

    उनका अनुसार काठमाडौं उपत्यकाबाहिर जनकपुर प्रादेशिक अस्पताल, वीरगन्जस्थित कोभिड अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालमा क्लिनिकल परीक्षण चलिरहेको छ। औषधिको सकारात्मक प्रभाव परेको र मृत्युदर घटाएको चिकित्सकको दाबी छ। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका अध्यक्ष प्रा.डा. देवबहादुर रोकाले कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग प्रभावकारी भएको जानकारी दिए। ‘ट्रायल परीक्षण प्रभावकारी देखिएको छ।

    प्लाज्मा थेरापी, एन्टी भाइरस औषधिभन्दा आयुर्वेदिक औषधि प्रभावकारी मानिएको छ’, वरिष्ठ कायाचिकित्सक डा. रोकाले भने, परिषद्ले नै संक्रमितको उपचारमा कन्भालेसेन्ट प्लाज्मा थेरापी सुरु गरेको थियो। अहिले १५ वटा अस्पतालमा यसको ‘अब्जरभेसन स्टडी’का रूपमा अनुसन्धान भइरहेको छ। आयुर्वेदिक औषधि सेवन गरेका संक्रमित निको हुने दर बढी रहेको डा. रोकाको भनाइ छ। पछिल्लो समय कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधि र रेम्डेसिभिरको बढी उपयोग गरिएको छ। कोरोनाका साथै निमोनियासमेत भएका गम्भीर बिरामीले रेमडेसिभिरको सेवन गर्दै आएका छन्। नेपालमा रेमडेसिभिर भारतबाट आयात भइरहेको छ। विश्व स्वास्थ्य संगठनले भने कुनै पनि औषधिलाई पूर्ण प्रभावकारी भएको स्विकारेको छैन। कोरोनाको विशेष औषधि नभएकाले संक्रमितको आन्तरिक रूपमा भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्नुपर्ने डा. रोकाको सुझाव छ। ‘गुर्जो (गुडुची) पहिलो नम्बरमा प्रभावकारी देखिएको छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दोस्रोमा जेठिमधु प्रभावकारी मानिएको छ’, डा. रोकाले भने।

    यसका साथै अमला, द्राक्षा, सतबरि (कुरिलो)ले रोगसँग लड्ने क्षमता बढाउने उनको दाबी छ। ‘यी औषधिमा त्रिकटु मिसाउने हो भने चिसोबाट हुने दम, खोकीलाई सन्चो गर्छ’, उनले भने, ‘अहिले गुर्जोका साथै जेठिमधु र त्रिकटु मिश्रित औषधिको क्लिनिकल ट्रायल भइरहेको छ। संक्रमितलाई दिइएको औषधि । व्यावहारिक रूपमा पनि प्रभावकारी देखिएको छ। मृत्युदर पनि कम भएको छ ।’ नरदेवी चिकित्सालय, केन्द्रीय आयुर्वेदिकलगायत अस्पतालमा आयुर्वेदिक औषधिको बढी उपयोग भइरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

    बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation