• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

विष्णु खत्रीको देउसी भैलो गीत ‘लाहुरे बाको आगनीमा’ सार्वजनिक


  •   शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गुर्धौली फूलले तिहारलाई स्वागत गरिरहेका छन् ।

    Advertisement

    तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै देउसी भैलो खेल्ने प्रचलन छ । तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ५ दिन मनाइन्छ । ५ दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । चाडबाड नजिकिए सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा प्रस्तुत हुन थालेका छन् । शुक्रबार लोक तथा दोहोरी गायक विष्णु खत्रीले मौलिक देउसी भैलो गीत लाहुरे बाको आगनीमा सार्वजनिक गरेका छन् । समाजमा नेताको भूमिका, मास्टर साब अर्थात शिक्षकको भूमिका र लाहुरे बाको जिन्दगीलाई गीतमा चित्रण गरिएको छ । लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन । सिसा टल्केको गीती एल्वमबाट आफनो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा । उनी लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन । आफनै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले लाहुरे, कहिले विदेशमा रहेका नेपालीको पिडा, माया प्रेम सँगै सहिदका समेत गीतहरु मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा एक नक्षेत्रको रुपमा स्थापित भईसकेका छन । वि.सं २०५७/०५८ तिरबाट गीत संगीतमा प्रवेश गरेका गायक खत्रीले दशैं तिहारमा प्रत्येक वर्ष नयाँ गीत श्रोता दर्शक माझ प्रस्तुत गर्दै आउने क्रममा यसपटक तिहारलाई लक्षित गरी यो गीत बजारमा ल्याएका हुन् । आफनै युट्युव च्यानल मार्फत रिलिज भएको उक्त गीतले २४ घण्टामै अत्यधिक दर्शक श्रोताको माया पाएको छ । गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ । गीतले नजिकिदै गरेको महान चाड तिहार गाउँ घरमा खेलिने देउसी भैलो मार्फत हाम्रो समाजमा सन्देश प्रदान गरेको छ । हाम्रो समाजको परिवेश, जनताको आवाज अनि समाजको वास्तविक विषयवस्तु उठान भएको हुँदा गीतले उल्लेख्य दर्शक श्रोताको मन जित्ने गायक खत्रीले अपेक्षा गरेका छन् । नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच हाम्रो तिहारको मौलिक कला संस्कृति अनि परम्परा र रिति रिवाजलाई संरक्षण गर्न र जीवन्त राख्दै नयाँ पुस्ता सम्म पुर्याउन यो गीत सृजना गरेको जानकारी दिएका छन् ।‌ उनको उक्त गीतले नेता, शिक्षक र लाहुरे बाको भूमिका मार्फत जनताको सेवा गर्न र विकास गर्न आग्रह गरेको छ । खानेपानी, स्वास्थय शिक्षा, बाटोघाटो निर्माण, कलकारखाना, उद्योगधन्दा खोल्न र युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन आग्रह गरेको छ । गायक खत्री र गायिका टिका पुन अनि मुना थापा मगरको सुमधुर आवाजमा रहेको गीतको म्युजिक भिडियोमा निर्देशक होम गुरुङले निर्देशन गरेका छन् । यसमा अभिनय निर्मल क्षेत्री, सम्झना खत्री र सकुना खत्री सहित दर्जनौं कलाकारको अभिनय रहेको छ ।

    गीतको म्यूजिक भिडियो तल हेर्नुहोस् ।

    शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation