कैलालीमा असईको हत्या, हबल्दार बेपत्ता

काठमाडौं । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।
अस्थायी प्रहरी पोष्ट जुगेडाबाट राति ८ बजे नियमित गस्तीमा गएका असई गोविन्द विकको शव धनगढी उपमहानगरपालिका-११ को मोहना खोलामा भेटिएको हो । प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जानकारी दिए । ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको थियो। असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
घटनास्थल नेपाल-भारत सीमामा पर्छ। असई तस्करी नियन्त्रणमा आक्रामक रुपमा काम गर्दै आएका थिए। कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.