जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीमा विद्यार्थीलाई लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धि सचेतना अभियान कार्यक्रम सुरु भएको छ ।
नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभियान संचालन गरेको हो। ईलाका प्रहरी कार्यालय सुनवल अन्तर्गतको भुमही बिटले बुधबार सुनवल १२ भुमहीमा रहेको जगन्नाथ माध्यमिक बिधालयमा सो अभियान कार्यक्रम आयोजना गरेको छ । बिटका इन्चार्ज सहायक प्रहरी निरीक्षक जगदीश तिमिल्सिनाले जगन्नाथ माविमा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुका लागि लागुऔसध दुर्व्यसन नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । प्रशिक्षक तिमिल्सिनाले विद्यार्थीका लागि लागुऔसधको परिचय,लागुऔषधको प्रकार र त्यसको असरबारे प्रशिक्षण दिएका थिए । पछिल्लो समय धेरै युवाहरू लागुऔषध दुर्वसनिमा फस्ने क्रम बढेपछि त्यसको नियन्त्रणका लागि बिधालय तथा क्याम्पस तहका विद्यार्थीलाई लक्षित गरि आफुहरुके सो कार्यक्रम सञ्चालन गरिएको तिमिल्सिनाले बताए । सचेतना अभियान कार्यक्रममा झन्डै २५ जना विद्यार्थी सहभागी थिए।
लागुऔषध नियन्त्रण गर्न बिद्यालयमा प्रहरीको सचेतना अभियान
लागुऔषध नियन्त्रण गर्न बिद्यालयमा प्रहरीको सचेतना अभियान
Advertisement
तपाईको प्रतिक्रिया