गुल्मीमा ट्याक्टर दुर्घटना : १ को मृत्यु २ घाईते

अनिल खत्री,गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् ।
गएराती जिल्लाको गुल्मीदरवार –१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बर को ट्याक्टर दुर्घटनामा परेर १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिए। दुर्घटनामा परेर चालक कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार र गुल्मी दरवार गाउँपालिका वडानम्बर–१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाईते भएको प्रहरीले जनाएको छ । घाईते २ जनाको मजुवा स्थित शारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अबस्था सामान्य रहेको प्रहरी निरिक्षक रावलले जानकारी दिए । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.