अनिल खत्री, गुल्मी । परराष्ट्रमन्त्री ज्ञवालीले दुई संकटलाई सामान गरेर जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा राखेको पत्रकार भेटघाट स्वास्थ्य संकट र आर्थिक संकट दुबै क्षेत्रलाई सन्तुलन राखेर जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताए ।
व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर स्वास्थ्य जेसुकै होस भनेर अगाडी बढ्ने अबस्थामा पनि अघि बढ्ने अबस्थामा नरहेको बताए । स्वास्थ्य संकट एकदमै बढेयो अर्थतन्त्र जेसुकै होस भन्ने अबस्थामा पनि नरहेको मन्त्री ज्ञवालीको तर्क छ । यस्तो दुई कठिन संकटबाट सन्तुलनका साथ अगाडी बढ्नु पर्ने बेला आएको बताए । कोरोना महामारीको संक्रमणको दर दिनप्रतिदिन वढ्दै गएकाले अर्थतन्त्रमा संकट बढ्दै गएको मन्त्री ज्ञवालीले बताए । लाखौंको रोजगारी गुमेको, दैनिक ज्याल मजदुरी गर्नेहरु संकटमा परेको, बैंकबाट ऋण लिएर पेसा व्यवसाय गर्नेहरुलाई ठूलो संकट परेको बताए । पेसा व्यवसाय नभएपछि राजस्व पनि नउठने भएकाले मुलुकको अर्थतन्त्रमा चाप पर्ने मन्त्री ज्ञवालीले बताए ।
यी संकटलाई समाधान गरेर अगाडी पर्नेबेला आएकाले आजबाट अर्थतन्त्रलाई खुल्ला गरिएको बताए ।
संकटसँगै जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आयो : मन्त्री ज्ञवाली
संकटसँगै जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आयो : मन्त्री ज्ञवाली
Advertisement
तपाईको प्रतिक्रिया