प्यूठान । प्यूठानमा राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सुचना मिडिया प्रा.लीले अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिने भएको छ ।
यहि भाद्र २९ गते परेको बाल दिवसको अवसरमा घरमा वसिरहेका बालबालिकाको लेखनमा विकास गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको सुचना डवली मिडिया प्रा.लि का अध्यक्ष शिशिर के.सीले जानकारी दिए । भाषिक शुद्धता,विषय लेखन र शव्द छनोटलाइ आधार मानेर मुल्याङ्कन गरिने प्रा.लीका व्यवस्थापक टु आर क्षेत्रीले बताए । प्रतियोगितामा सहभागि हुन चाहने १८ वर्षमुनिका बालबालिकाले ‘कोरोनाले बालबालिकाहरुको शिक्षामा पारेको प्रभाव’ विषयमा नेपाली वा अग्रेजी भाषामा निवन्ध लेखेर यहि भाद्र २८ गते बेलुका ५ वजेसम्म प्रा.लीको मेल आइडि suchanadabalimedia@gmail.com तथा इन्टरनेटको पहुचमा रहनुभएका तथा मेल आइडी नचलाउने बालबालिकाले Suchana Dabali फेसबुक पेजमार्फत समेत सहभागिता जनाउन सकिनेछ ।
सहभागीमध्ये उत्कृष्ट प्रथम,द्धितिय र तृतियलाई पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
प्यूठानमा बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता
प्यूठानमा बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता

Advertisement
तपाईको प्रतिक्रिया