झइन्द्र भण्डारी, प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ गोठिवाङ्गकी १७ बर्षिय अस्मिता नेपालीको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । सुस्त मनस्थिती भएकी अस्मिता उपचारको अभावमा रोगले झन थला पर्दै गएकी छन।
अस्मितालाई पेट दुख्न थालेपछि गत साउन १८ गते जुडापाटामा रहेको क्लिलनिकमा लैजादा उपचार हुन नसक्ने र क्यान्सर अस्पतालमा लैजान सल्लाह दिएर फर्काएको आमा रेखा नेपालीले बताईन ।पेटमा मासु पलाएको (प्रोभिजिनल डाइगोनिस) भन्दै यसको पूर्ण पहिचान तथा उपचारको लागि बाहिर क्यान्सर अस्पताल लैजान सल्लाहसहित रिफर भएको एक महिना बितेको छ। घरको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचारको लागि लैजान नसकेको बिरामी छोरीलाई घरमै राखेको परिवारले बताएको छ ।
अस्मिताको बुवा भारतमा मजदुरी गर्दै आएको र लकडाउनको कारण काम रोकिएकोले झन समस्या भएको छ।अहिले अस्मिताको पेट फुलिएर ठूलो भइसकेको छ । हात खुट्टा सुकेका छन । कुनै पनि खाने कुरा खान बन्दैन जुस र पानीको भरमा बाचेकी छन भने आमा रेखाले सबैसंग सहयोगको लागि आग्रह गरेकि छन ।
थप सहयोगको लागि
सम्पर्क –
आमा रेखा नेपाली – 9822892467
मिना सुनार – 9863150474
झइन्द्र भण्डारी – 9847873583
ज्योति विकास बैंक खाता नम्बर – 02611100078273000001( खातावाला आमा रेखा नेपाली )
पैसा नहुँदा उपचारमा समस्या, अस्मिताको रोग झन वल्झिदैँ
पैसा नहुँदा उपचारमा समस्या, अस्मिताको रोग झन वल्झिदैँ
Advertisement
तपाईको प्रतिक्रिया