• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

‘आफन्तलाई अँगालो हालेर रुन पनि पाइएन’


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चल्तीको उखान हो। जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई समाजले निकै उपलब्धि ठान्छ।तर कोरोना कहरमा यो उखानले उति मेल खाँदैन। मर्दा पनि एक्लै (मलामीबिना) हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था कोरोनाले ल्याइदिएको छ। मृतकका मलामी केही सुरक्षाकर्मी र शववाहनका चालकमात्र हुने गरेका खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।

    Advertisement

    त्यसबाहेक आफन्त गुमाउँदा शोकमा परेका परिवारका सदस्यलाई सान्त्वना दिन पनि घरमा कोही पुग्दैनन्। एकातिर संक्रमणको डरले आफन्तको भेटघाट रोकिएको छ भने अर्कोतिर सामाजिक दृष्टि पनि उत्तिकै डरलाग्दो बन्दै गएको छ।आफन्त गुमाउँदाको पीडामा परेका परिवारका सदस्यको घाउमा मलम लगाउन यो कहरमा कोही पुग्दैन। यसले पीडितलाई झनै पीडा हुने गरेको छ।यही भदौ २ गते तनहुँको व्यास नगरपालिका–१ घर भएकी ५० वर्षीया महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भयो। सरकारी निकायले उनको शव पोखरामै व्यवस्थापन गरिदियो। तर ती महिलाकी छोरीलाई परेको यो पीडामा साथ दिने कोही भएन। १२ कक्षा पढ्दै गरेकी ती छोरी आमासँगै दमौलीको अम्रेनीमा बस्दै आएकी थिइन्।घरदेखि पोखरासम्म आमाको रेखदेखमा खटिएकी छोरीमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भयो। त्यसपछि छोरीलाई उपचारका लागि तनहुँको खैरेनीटारस्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा लगियो। उनी निको भएर आइतबार घर फर्किइन्।‘आमा भेन्टिलेटरमा हुँदा एकपटक दमौलीको गल्बुबेंसीबाट सानिमा भेटन् पुग्नुभो, त्यसपछि मेरो कसैसँग भेट हुन पाएन,’ उनले भनिन्, ‘आमा भेट्न पुगेकी सानिमा पनि क्वारेन्टिनमा बस्नुपर्यो। आमाको मृत्युपछि म आफैं पनि संक्रमित भएकीले मलाई भेट्न आफन्त आउन सक्नुभएन। म हिजो मात्र अस्पतालबाट घर फर्किएँ।’पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदिएको उनले बताइन्। उनले भनिन्, ‘संक्रमणको त्रासले नै यो अवस्था आएको हो। अरु बेला यो दुःख आइपरेको भए पक्कै पनि आफन्तको साथ पाउँथें।’‘पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदियो। सान्त्वना पाउनुपर्ने बेलामा पनि एक्लिनुपर्ने अवस्था निम्तियो। चोट लागेका बेला मलम लगाउने हो तर अहिले मलम लगाइदिने कोही छैन।’कोरोना संक्रमणबाट भदौ २ गते नै पोखराका ८७ वर्षीय पुरुषको ज्यान गयो।

    उनको मृत्युपछि पनि परिवारका सदस्यले आफन्तको सहारा पाउन÷लिन सकेनन्। मृतकका ज्वाइँ भेषबहादुर गुरुङ कोरोनाले ‘जो म¥यो त्यो हा¥यो’ को अवस्थामा ल्याइदिएको बताउँछन्।

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation