• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

‘आफन्तलाई अँगालो हालेर रुन पनि पाइएन’


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चल्तीको उखान हो। जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई समाजले निकै उपलब्धि ठान्छ।तर कोरोना कहरमा यो उखानले उति मेल खाँदैन। मर्दा पनि एक्लै (मलामीबिना) हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था कोरोनाले ल्याइदिएको छ। मृतकका मलामी केही सुरक्षाकर्मी र शववाहनका चालकमात्र हुने गरेका खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।

    Advertisement

    त्यसबाहेक आफन्त गुमाउँदा शोकमा परेका परिवारका सदस्यलाई सान्त्वना दिन पनि घरमा कोही पुग्दैनन्। एकातिर संक्रमणको डरले आफन्तको भेटघाट रोकिएको छ भने अर्कोतिर सामाजिक दृष्टि पनि उत्तिकै डरलाग्दो बन्दै गएको छ।आफन्त गुमाउँदाको पीडामा परेका परिवारका सदस्यको घाउमा मलम लगाउन यो कहरमा कोही पुग्दैन। यसले पीडितलाई झनै पीडा हुने गरेको छ।यही भदौ २ गते तनहुँको व्यास नगरपालिका–१ घर भएकी ५० वर्षीया महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भयो। सरकारी निकायले उनको शव पोखरामै व्यवस्थापन गरिदियो। तर ती महिलाकी छोरीलाई परेको यो पीडामा साथ दिने कोही भएन। १२ कक्षा पढ्दै गरेकी ती छोरी आमासँगै दमौलीको अम्रेनीमा बस्दै आएकी थिइन्।घरदेखि पोखरासम्म आमाको रेखदेखमा खटिएकी छोरीमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भयो। त्यसपछि छोरीलाई उपचारका लागि तनहुँको खैरेनीटारस्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा लगियो। उनी निको भएर आइतबार घर फर्किइन्।‘आमा भेन्टिलेटरमा हुँदा एकपटक दमौलीको गल्बुबेंसीबाट सानिमा भेटन् पुग्नुभो, त्यसपछि मेरो कसैसँग भेट हुन पाएन,’ उनले भनिन्, ‘आमा भेट्न पुगेकी सानिमा पनि क्वारेन्टिनमा बस्नुपर्यो। आमाको मृत्युपछि म आफैं पनि संक्रमित भएकीले मलाई भेट्न आफन्त आउन सक्नुभएन। म हिजो मात्र अस्पतालबाट घर फर्किएँ।’पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदिएको उनले बताइन्। उनले भनिन्, ‘संक्रमणको त्रासले नै यो अवस्था आएको हो। अरु बेला यो दुःख आइपरेको भए पक्कै पनि आफन्तको साथ पाउँथें।’‘पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदियो। सान्त्वना पाउनुपर्ने बेलामा पनि एक्लिनुपर्ने अवस्था निम्तियो। चोट लागेका बेला मलम लगाउने हो तर अहिले मलम लगाइदिने कोही छैन।’कोरोना संक्रमणबाट भदौ २ गते नै पोखराका ८७ वर्षीय पुरुषको ज्यान गयो।

    उनको मृत्युपछि पनि परिवारका सदस्यले आफन्तको सहारा पाउन÷लिन सकेनन्। मृतकका ज्वाइँ भेषबहादुर गुरुङ कोरोनाले ‘जो म¥यो त्यो हा¥यो’ को अवस्थामा ल्याइदिएको बताउँछन्।

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation