• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • १०. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • प्युठान । “पहिले कानुनबारे थाहै थिएन। अहिले बुझिँदै छ, कानुन आफैँलाई सुरक्षित राख्ने शक्तिशाली हतियार हो रहेछ,” भन्छिन् बालशिक्षा माध्यमिक विद्यालय मच्छीकी कक्षा १० की छात्रा सोनिया जिसी।
    बालविवाहजस्ता सामाजिक विकृतिका बीच हुर्किएकी सोनियाको नजरमा अब समाज रूपान्तरणको मूल उपाय कानुनी चेतनामा छ। “कानुन बुझ्न सके समाज बदल्न सकिन्छ भन्ने लागेको छ,” उनले भनिन्।
    सोनियाको अनुभव झिमरुक–८ स्थित जनता माध्यमिक विद्यालय, टिमुरचौरका कक्षा १० का विद्यार्थी कमल भारतीसँग पनि मेल खान्छ। “गाउँमा दिदीबहिनीलाई सानै उमेरमा विवाह नगर्न सुझाव दिन थालेको छु,” कमलले भने, “यसलाई कानुनले रोक्छ भनेर बुझाउन थालेको छु।”
    झिमरुक गाउँपालिकाले सञ्चालन गरेको विद्यालय–केन्द्रित कानुनी शिक्षा कार्यक्रम मार्फत यस्ता व्यवहारिक परिवर्तन देखिन थालेका हुन्।
    गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रमोद पोखरेलका अनुसार कार्यक्रमको उद्देश्य बालविवाह र लैंगिक हिंसाका घटना घटाउनु हो। “विद्यार्थीमार्फत समुदायमा सन्देश छिटो पुग्छ,” उनले भने, “चेतनाको विकास नै दीगो विकासको जग हो।”
    स्थानीय १३ वटा विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १ हजार २ सय विद्यार्थी र सयभन्दा बढी शिक्षक सहभागी भएका थिए।
    प्रशिक्षणमा बालविवाह, घरेलु हिंसा, नागरिक अधिकार र कर्तव्यबारे जानकारी दिइएको गाउँपालिकाले जनाएको छ।
    बलभद्र माविका प्राचार्य शेरबहादुर थापाका अनुसार व्यवहारिक शिक्षाले विद्यार्थीको सोचमा सकारात्मक प्रभाव परेको छ।
    जनता माविका प्रधानाध्यापक विजय सागर गिरिले सजिलो भाषामा दिइएको कानुनी जानकारीले अभिभावकसमेत सचेत हुन थालेको बताए।
    प्रशिक्षण दिन जिल्ला न्यायाधिवक्ता, प्रहरी अधिकृत, कानुनी सल्लाहकार र प्राध्यापकहरू खटिएका थिए।
    जिल्ला न्यायाधिवक्ता नरेन्द्र देवकोटाले विद्यार्थीको सोचमा आएको परिवर्तन उल्लेखनीय रहेको बताए।
    कार्यक्रममा सहभागी विद्यार्थीलाई खाजा खर्च, डायरी र कलम पनि वितरण गरिएको थियो।
    सहायक अधिकृत यामलाल पोखरेलका अनुसार कार्यक्रम प्रभावकारी भएकाले आगामी वर्ष पनि यसको निरन्तरता दिइनेछ।
    झिमरुक–८ का वडाध्यक्ष तुलस बस्नेतले चेतनाको विकासलाई स्थानीय तहको प्राथमिकतामा राखिएको बताए। “सोच परिवर्तन भए समाज बदलिन्छ,” उनले जोड दिए।

    Advertisement

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...