• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

लोकप्रिय समाचार

  • १. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • २. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ३. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ४. सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

  • ५. स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

  • ६. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ७. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ८. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • ९. यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

  • १०. कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • प्युठान । “पहिले कानुनबारे थाहै थिएन। अहिले बुझिँदै छ, कानुन आफैँलाई सुरक्षित राख्ने शक्तिशाली हतियार हो रहेछ,” भन्छिन् बालशिक्षा माध्यमिक विद्यालय मच्छीकी कक्षा १० की छात्रा सोनिया जिसी।
    बालविवाहजस्ता सामाजिक विकृतिका बीच हुर्किएकी सोनियाको नजरमा अब समाज रूपान्तरणको मूल उपाय कानुनी चेतनामा छ। “कानुन बुझ्न सके समाज बदल्न सकिन्छ भन्ने लागेको छ,” उनले भनिन्।
    सोनियाको अनुभव झिमरुक–८ स्थित जनता माध्यमिक विद्यालय, टिमुरचौरका कक्षा १० का विद्यार्थी कमल भारतीसँग पनि मेल खान्छ। “गाउँमा दिदीबहिनीलाई सानै उमेरमा विवाह नगर्न सुझाव दिन थालेको छु,” कमलले भने, “यसलाई कानुनले रोक्छ भनेर बुझाउन थालेको छु।”
    झिमरुक गाउँपालिकाले सञ्चालन गरेको विद्यालय–केन्द्रित कानुनी शिक्षा कार्यक्रम मार्फत यस्ता व्यवहारिक परिवर्तन देखिन थालेका हुन्।
    गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रमोद पोखरेलका अनुसार कार्यक्रमको उद्देश्य बालविवाह र लैंगिक हिंसाका घटना घटाउनु हो। “विद्यार्थीमार्फत समुदायमा सन्देश छिटो पुग्छ,” उनले भने, “चेतनाको विकास नै दीगो विकासको जग हो।”
    स्थानीय १३ वटा विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १ हजार २ सय विद्यार्थी र सयभन्दा बढी शिक्षक सहभागी भएका थिए।
    प्रशिक्षणमा बालविवाह, घरेलु हिंसा, नागरिक अधिकार र कर्तव्यबारे जानकारी दिइएको गाउँपालिकाले जनाएको छ।
    बलभद्र माविका प्राचार्य शेरबहादुर थापाका अनुसार व्यवहारिक शिक्षाले विद्यार्थीको सोचमा सकारात्मक प्रभाव परेको छ।
    जनता माविका प्रधानाध्यापक विजय सागर गिरिले सजिलो भाषामा दिइएको कानुनी जानकारीले अभिभावकसमेत सचेत हुन थालेको बताए।
    प्रशिक्षण दिन जिल्ला न्यायाधिवक्ता, प्रहरी अधिकृत, कानुनी सल्लाहकार र प्राध्यापकहरू खटिएका थिए।
    जिल्ला न्यायाधिवक्ता नरेन्द्र देवकोटाले विद्यार्थीको सोचमा आएको परिवर्तन उल्लेखनीय रहेको बताए।
    कार्यक्रममा सहभागी विद्यार्थीलाई खाजा खर्च, डायरी र कलम पनि वितरण गरिएको थियो।
    सहायक अधिकृत यामलाल पोखरेलका अनुसार कार्यक्रम प्रभावकारी भएकाले आगामी वर्ष पनि यसको निरन्तरता दिइनेछ।
    झिमरुक–८ का वडाध्यक्ष तुलस बस्नेतले चेतनाको विकासलाई स्थानीय तहको प्राथमिकतामा राखिएको बताए। “सोच परिवर्तन भए समाज बदलिन्छ,” उनले जोड दिए।

    Advertisement

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
    लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    सरुमारानीबाट दशैं लक्षित ४० लाखका खसी-बोका बिक्री
    एक वर्षअघि नै लुम्बिनी प्रदेश सरकारले खारेज गरेकाे थियाे पूर्वविशिष्ट पदाधिकारीको सेवा-सुविधा
    दुःखमा हात बढाउने गाउँ

    लोकप्रिय

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ३.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ४.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    • ५.
      स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

    • ६.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई

    भर्खरै

    • १.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • २.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • ३.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ४.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    • ५.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ६.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    • ७.
      गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    • ८.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...