• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

क्यान्सर पीडित बिष्णु प्रसाद भण्डारीलाई उपचार खर्च अभाव, सहयोगको अपील


  •   आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका ११ स्थित मिश्रौलीका ४० वर्षीय बिष्णु प्रसाद भण्डारी ६ वर्ष अघिसम्म रोजगारीको लागि भारतमा थिए ।

    Advertisement

    त्यहाँ राम्रो कमाई नभएपछि घर फर्किएका उनि गाउँमै ज्याला मजदुरी गरि श्रीमती र १ छोरासहित ३ जनाको परिवार पाल्दै आइरहेका थिए । बस्नका लागि सामान्य ब्लकको गारो र टिनले छाएको सानो घरबाहेक सम्पत्तिको नाममा उनिसङ्ग केहि थिएन । आफुले दिनभरि मजदुरी गर्ने र श्रीमतीले घर नजिकैको विद्यालयमा पिउनको जागिर गरेर आएको कमाईले परिवारमा जसोतसो बिहान बेलुका हातमुख जोर्न पुगेकै थियो भने १३ वर्षीयछोरालाई ६ कक्षासम्मको शिक्षा दिइरहेकै थिए । सानो मान्छेका सानै सपना भने जस्तै छोरालाई धेरैथोर पढाउने र बिहान बेलुका दुई छाक खानपाए त्यहाँभन्दा ठुला सपना उनिहरुसंङ्ग थिएन । गत मंसिरको अन्तिमतिर बिष्णुलाई घाटी दुख्ने समस्या देखा पर्यो । स्थानीय मेडिकलबाट औषधि ल्याएर सेवन गर्दा समेत दुखाइ कम नभएपछि सबैको सल्लाहअनुसार उनलाई पुरानो मेडिकल कलेज भरतपुरमा पुर्याइयो । पुरानो मेडिकल कलेजले उनको आर्थिक अवस्था कमजोर भएको बुझेपछि क्यान्सर रोगको शंका गरि त्यहाँ उपचार हुन नसक्ने भन्दै बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान सुझाए । पुरानो मेडिकल कलेजको सल्लाह अनुरुप भण्डारीलाई उपचारको लागि पुष महिनाको सुरु तिर बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा लगियो । सोहि अस्पतालका डाक्टर दिलिप कर्माचार्यले उनको स्वास्थ्य अवस्था जांच गरी पहिलो चरणको जिब्रोको क्यान्सर भएको पुष्टि गरे । खान लाउन समेत धौधौ हुने परिवारमा श्रीमानलाई क्यान्सर जस्तो गम्भीर रोग र खर्चिलो उपचार पद्धति सुन्दा श्रीमती दीपा छांगाबाट खसेजस्तै भैइन । दीपा न त भर्खर ४० पुगेको श्रीमानलाई गुमाउन सक्थिन न त १३ वर्षको छोरोको भविष्य नै बिगार्न चाहन्थिन । आफुसंङ्ग साथमा भएको केहि रकमले श्रीमानलाई सोहि अस्पतालमा भर्ना गरेर औषधोपचारमा लाग्नु सिवाय दीपामा अन्य कुनै विकल्प थिएन । सोहि अस्पतालमा सुरुमा २२ दिनसम्म भर्ना गरि उनलाई क्यान्सरको संक्रमण अन्य ठाउँमा फैलिन नदिन र घाउ सुकाउनको लागि रेडियोथेरापी माध्यमबाट (क्यान्सर भएको भागमा सेक्ने काम) उपचार गर्दै राखियो । केहि दिन अस्पतालमा औसधि उपचार गर्दा आफुसंङ्ग भएको सबै रकम सकिएपछि आफ्ना श्रीमानसङ्गै दीपा घर फर्किइन । घर फर्केपछि श्रीमानको थप उपचारकालागि रकम अभाव भएपछि दीपा गाउँगाउँमा चन्दा रकम सहयोग माग्दै हिडिन । स्थानीय संघसस्था, आमा समुह, छरछिमेक, विभिन्न विद्यालयबाट गरि उनले झन्डै २ लाख रुपैयाँ जति चन्दा संकलन गरिन । त्यसपछि पनि अस्पतालले हप्तैपिच्छे बिरामीको  घाउमा सेक्न आउनुपर्ने बताएकाले दीपाले आफ्ना श्रीमानलाई हरेक आइतबार देखि बिहीबारसम्म (हप्ताको ५ पटक) सार्वजनिक गाडीबाटै घरदेखि भरतपुर अस्पतालसम्म लैजाने र ल्याउने गरिरहिन । अहिलेसम्म ३५ पटक बिरामीको घाउमा रेडियोथेरापी माध्यमबाट सेक्ने काम भयो । यो बिचमा आफुसङ्ग भएको र चन्दाबापत संकलन भएको झन्डै साढे २ लाख रुपैयाँ खर्च भयो । कोभिड-१९ को संक्रमणको जोखिम बढेको भन्दै चैत्र ११ पछि देशभर लकडाउन गरियो । बिरामीको घाउमा असोज महिनासम्म निरन्तर सेकिरहनुपर्ने र असोजको पहिलो साता घाउको स्थिति सुधार भएनभएको पत्ता लगाउन एमआरआइ गर्नुपर्ने बताउदै त्यो अबधिसम्म घाउ सेक्नको लागि हप्तैपिच्छे अस्पताल आउन उपचारमा संम्लग्न डाक्टरहरुले बताएका थिए । तर लकडाउन भएसङ्गै सार्वजनिक यातायात बन्द भएका कारण दीपाले रकम अभावमा श्रीमानलाई गाडी रिजर्भ गरि अस्पतालसम्म लैजान सकिनन् । गत असारमा लकडाउन केहि खुकुलो भएपछि सिमित सार्वजनिक यातायात चल्न थालेको मौका छोपि दीपाले श्रीमानलाई अस्पताल पुर्याइ घाउ सेकाएर फर्किइन । त्यसलगत्तै पुन लकडाउन थपिएपछि भने दीपाले गाडी रिजर्भ गरि श्रीमानलाई पटकपटक उपचारमा लान सक्ने स्थिति बनेन । उपचारमा लान नसकेपछि र अस्पतालले दिएको औसधि सकिएपछि पछिलो समय बिष्णुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । गहभरी टिलपिल आंसु बोक्दै दीपा भन्छिन् ” दैनिक जसो घाउ दुखेर मुर्छा पर्नुहुन्छ, कहिले त छिमेकीलाई बोलाएर रातभरि कुरेर बस्छौं” । उनले भनिन् ” नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवांउछु तर दुखाइ अलिकति पनि कम हुँदैन ” । चन्दा बापत संकलन भएको रकम पनि सबै सकिएपछि अब श्रीमानको थप उपचार गर्ने सक्ने उपाय दीपासङ्ग छैन । न त खेतबारी बेच्न जग्गाजमिन नै छ न त ऋण कसैले नै पत्याउछन्  । अब केहि समय निरन्तर घाउ सेकिरहने र औसधि खाइरहने हो भने बोल्न नसक्ने भएपनि सामान्य काम गर्ने सक्ने गरि श्रीमान निको हुने भन्दै त्यसको लागी अझै करिब २ लाख रुपैयाँ भन्दा बढी रकम खर्च हुने डाक्टरले बताएको दीपाले सुनाइन् । तर सोहि रकम पनि जुटाउन नसक्दा थप उपचार गर्न नसकि कतै श्रीमानको अल्पायुमै मृत्यु पो हुने हो कि भनि दीपाको मनमा चिसो पस्न थालेको छ । दीपाले आफ्नो श्रीमानको जीवन रक्षा र सानो छोरोको भविष्यका लागि ग्लोबल आइएमई बैंक भुमही शाखामा दीपा भण्डारीको नाममा रहेको आफ्नो खाता नम्वर [B407010000320] मा सहयोग रकम जुटाइदिन र मोबाइल नम्बर 9819412385 मा सम्पर्क गरि सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।

    आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...