• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

क्यान्सर पीडित बिष्णु प्रसाद भण्डारीलाई उपचार खर्च अभाव, सहयोगको अपील


  •   आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका ११ स्थित मिश्रौलीका ४० वर्षीय बिष्णु प्रसाद भण्डारी ६ वर्ष अघिसम्म रोजगारीको लागि भारतमा थिए ।

    Advertisement

    त्यहाँ राम्रो कमाई नभएपछि घर फर्किएका उनि गाउँमै ज्याला मजदुरी गरि श्रीमती र १ छोरासहित ३ जनाको परिवार पाल्दै आइरहेका थिए । बस्नका लागि सामान्य ब्लकको गारो र टिनले छाएको सानो घरबाहेक सम्पत्तिको नाममा उनिसङ्ग केहि थिएन । आफुले दिनभरि मजदुरी गर्ने र श्रीमतीले घर नजिकैको विद्यालयमा पिउनको जागिर गरेर आएको कमाईले परिवारमा जसोतसो बिहान बेलुका हातमुख जोर्न पुगेकै थियो भने १३ वर्षीयछोरालाई ६ कक्षासम्मको शिक्षा दिइरहेकै थिए । सानो मान्छेका सानै सपना भने जस्तै छोरालाई धेरैथोर पढाउने र बिहान बेलुका दुई छाक खानपाए त्यहाँभन्दा ठुला सपना उनिहरुसंङ्ग थिएन । गत मंसिरको अन्तिमतिर बिष्णुलाई घाटी दुख्ने समस्या देखा पर्यो । स्थानीय मेडिकलबाट औषधि ल्याएर सेवन गर्दा समेत दुखाइ कम नभएपछि सबैको सल्लाहअनुसार उनलाई पुरानो मेडिकल कलेज भरतपुरमा पुर्याइयो । पुरानो मेडिकल कलेजले उनको आर्थिक अवस्था कमजोर भएको बुझेपछि क्यान्सर रोगको शंका गरि त्यहाँ उपचार हुन नसक्ने भन्दै बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान सुझाए । पुरानो मेडिकल कलेजको सल्लाह अनुरुप भण्डारीलाई उपचारको लागि पुष महिनाको सुरु तिर बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा लगियो । सोहि अस्पतालका डाक्टर दिलिप कर्माचार्यले उनको स्वास्थ्य अवस्था जांच गरी पहिलो चरणको जिब्रोको क्यान्सर भएको पुष्टि गरे । खान लाउन समेत धौधौ हुने परिवारमा श्रीमानलाई क्यान्सर जस्तो गम्भीर रोग र खर्चिलो उपचार पद्धति सुन्दा श्रीमती दीपा छांगाबाट खसेजस्तै भैइन । दीपा न त भर्खर ४० पुगेको श्रीमानलाई गुमाउन सक्थिन न त १३ वर्षको छोरोको भविष्य नै बिगार्न चाहन्थिन । आफुसंङ्ग साथमा भएको केहि रकमले श्रीमानलाई सोहि अस्पतालमा भर्ना गरेर औषधोपचारमा लाग्नु सिवाय दीपामा अन्य कुनै विकल्प थिएन । सोहि अस्पतालमा सुरुमा २२ दिनसम्म भर्ना गरि उनलाई क्यान्सरको संक्रमण अन्य ठाउँमा फैलिन नदिन र घाउ सुकाउनको लागि रेडियोथेरापी माध्यमबाट (क्यान्सर भएको भागमा सेक्ने काम) उपचार गर्दै राखियो । केहि दिन अस्पतालमा औसधि उपचार गर्दा आफुसंङ्ग भएको सबै रकम सकिएपछि आफ्ना श्रीमानसङ्गै दीपा घर फर्किइन । घर फर्केपछि श्रीमानको थप उपचारकालागि रकम अभाव भएपछि दीपा गाउँगाउँमा चन्दा रकम सहयोग माग्दै हिडिन । स्थानीय संघसस्था, आमा समुह, छरछिमेक, विभिन्न विद्यालयबाट गरि उनले झन्डै २ लाख रुपैयाँ जति चन्दा संकलन गरिन । त्यसपछि पनि अस्पतालले हप्तैपिच्छे बिरामीको  घाउमा सेक्न आउनुपर्ने बताएकाले दीपाले आफ्ना श्रीमानलाई हरेक आइतबार देखि बिहीबारसम्म (हप्ताको ५ पटक) सार्वजनिक गाडीबाटै घरदेखि भरतपुर अस्पतालसम्म लैजाने र ल्याउने गरिरहिन । अहिलेसम्म ३५ पटक बिरामीको घाउमा रेडियोथेरापी माध्यमबाट सेक्ने काम भयो । यो बिचमा आफुसङ्ग भएको र चन्दाबापत संकलन भएको झन्डै साढे २ लाख रुपैयाँ खर्च भयो । कोभिड-१९ को संक्रमणको जोखिम बढेको भन्दै चैत्र ११ पछि देशभर लकडाउन गरियो । बिरामीको घाउमा असोज महिनासम्म निरन्तर सेकिरहनुपर्ने र असोजको पहिलो साता घाउको स्थिति सुधार भएनभएको पत्ता लगाउन एमआरआइ गर्नुपर्ने बताउदै त्यो अबधिसम्म घाउ सेक्नको लागि हप्तैपिच्छे अस्पताल आउन उपचारमा संम्लग्न डाक्टरहरुले बताएका थिए । तर लकडाउन भएसङ्गै सार्वजनिक यातायात बन्द भएका कारण दीपाले रकम अभावमा श्रीमानलाई गाडी रिजर्भ गरि अस्पतालसम्म लैजान सकिनन् । गत असारमा लकडाउन केहि खुकुलो भएपछि सिमित सार्वजनिक यातायात चल्न थालेको मौका छोपि दीपाले श्रीमानलाई अस्पताल पुर्याइ घाउ सेकाएर फर्किइन । त्यसलगत्तै पुन लकडाउन थपिएपछि भने दीपाले गाडी रिजर्भ गरि श्रीमानलाई पटकपटक उपचारमा लान सक्ने स्थिति बनेन । उपचारमा लान नसकेपछि र अस्पतालले दिएको औसधि सकिएपछि पछिलो समय बिष्णुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । गहभरी टिलपिल आंसु बोक्दै दीपा भन्छिन् ” दैनिक जसो घाउ दुखेर मुर्छा पर्नुहुन्छ, कहिले त छिमेकीलाई बोलाएर रातभरि कुरेर बस्छौं” । उनले भनिन् ” नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवांउछु तर दुखाइ अलिकति पनि कम हुँदैन ” । चन्दा बापत संकलन भएको रकम पनि सबै सकिएपछि अब श्रीमानको थप उपचार गर्ने सक्ने उपाय दीपासङ्ग छैन । न त खेतबारी बेच्न जग्गाजमिन नै छ न त ऋण कसैले नै पत्याउछन्  । अब केहि समय निरन्तर घाउ सेकिरहने र औसधि खाइरहने हो भने बोल्न नसक्ने भएपनि सामान्य काम गर्ने सक्ने गरि श्रीमान निको हुने भन्दै त्यसको लागी अझै करिब २ लाख रुपैयाँ भन्दा बढी रकम खर्च हुने डाक्टरले बताएको दीपाले सुनाइन् । तर सोहि रकम पनि जुटाउन नसक्दा थप उपचार गर्न नसकि कतै श्रीमानको अल्पायुमै मृत्यु पो हुने हो कि भनि दीपाको मनमा चिसो पस्न थालेको छ । दीपाले आफ्नो श्रीमानको जीवन रक्षा र सानो छोरोको भविष्यका लागि ग्लोबल आइएमई बैंक भुमही शाखामा दीपा भण्डारीको नाममा रहेको आफ्नो खाता नम्वर [B407010000320] मा सहयोग रकम जुटाइदिन र मोबाइल नम्बर 9819412385 मा सम्पर्क गरि सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।

    आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...