नेपालगञ्ज । सरकारले सिमानाका बन्द रहेको घोषणा गरेपनि सिमावर्ती क्षेत्रबाट मानव बेचबिखन कार्य नरोकिएको तथ्यांक सार्वजानिक भएको छ । कारोना महामारीले जनजिवन थप्प भएको अवस्थामा पनि बाँकेमा १७ जना युवती हराएका छन् ।
संक्रामक ऐन बमोजिम लकडाउनको घोषणा गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत सार्वजानिक सवारी निषेध गरिएका बेला बाँकेबाट १७ जना युवती हराएको तथ्याँक सार्वजानिक भएको हो। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४ औं राष्ट्रिय दिवसका अवसरमा माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांकमा लकडाउनको अवस्थामा पनि महिला हराउने क्रम नरोकिएको देखिएको छ । माईती नेपालको तथ्यांक अनुसार बाँकेबाट मात्र एक वर्षमा ५ सय ८५ जना नागरिक हराएका छन् भने हराएका मध्य २ सय ८० जना फेला परेका छन् ।माईती नेपालका अनुसार चैत्र ११ गतेदेखि नेपालमा जारी लकडाउनमा पनि मानव बेचबिखनका दलाल सक्रिय रहेको पाईएको छ । लकडाउनका बिच खोजतलासका लागि परेको निवेदनहरुले मानव बेचखिनका दलालहरुको सक्रियता कायम रहेको देखाएको छ ।
लकडाउनका बेला हराएका १७ मध्य पाँच युवती फेला परेका माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउनुुभयो । पाँच मध्य दुई जनालाई काठमाडौंबाट उद्धार गरिएको उहाँले बताउनुुभयो । कोईरालाका अनुसार एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै उनीहरुलाई काठमाडौं पु¥याएकी थिइन् । अन्य तीन जनालाई भने बाँकेकै बिभिन्न स्थानबाट उद्धार गरिएको थियो ।कोईरालाले लकडाउन र निषेधाज्ञाका कारण तेस्रो मुलुकमा जोखिमपूर्ण यात्रा गराउन सम्भव नभएपछि माव बेचबिखनका दलालहरु आन्तरिक बेचबिखनमा सक्रिय भएको अनुमान गर्नु भयो ।
नेपालगञ्ज नाकाबाट मात्र एक वर्षमा ५ सय ७७ जनालाई सम्झाई बुझाई घर फिर्ता पठाइएको माइती नेपालले जनाएको छ । फर्काइएका मध्य एकजना लकडाउनका बेला नाकाबाट फर्काइएको हो ।