रंजिता शर्मा, दाङ । स्थानीय तहमा योजना तर्जुमा र बजेट विनियोजन विधि तथा बजेट पारित गर्ने सवालमा स्थानिय तहले सरोकारवाला संग हातेमालो गर्न सन्चारकर्मी र बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधीहरुले आग्रह गरेका छन् । न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल), जागरण मिडिया सेन्टर र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदेश नं ५ सञ्जालद्वारा संयुक्तरुपमा विहिवार आयोजना गरेको “बजेट तर्जुमा प्रक्रियामा सञ्चारकर्मीको भुमिका” विषयक भर्चुअल अन्र्तक्रियामा सहभागीहरुले यस्तो बताएका हुन् ।
देश संघियतामा गए संगै केहि नमुना कार्यक्रम थालिएपनि ती कार्यक्रम पर्याप्त नभएको र सहि सुचना प्रबाह नभएको उनीहरूले बताएका हुन । अझै पनि स्थानिय तहले नागरिकको आबश्यकता पहिचान गरि कार्यक्रम ल्याउन नसक्दा दलित,महिला,मधेशी ,सिमान्तकृत वर्ग र गरिबीको रेखामुनी रहेका समुदायले शिक्षा, स्वास्थ्य,रोजगारी र बिकासका अन्य पुर्वाधारमा पहुंच नहुनुका साथै सरकारले पछाडि परेको वर्ग र समुदायको उत्थानका लागि कार्यक्रम र बजेट ल्याउने गरेको र पहुंचको आधारमा बजेट बिनीयोजन भएको गुनासो उनिहरुको छ ।
स्थानीयतहमा योजना तर्जुमा र बजेट विनियोजन विधि तथा सञ्चारकर्मीको भूमिकाका बारेमा जुरी–नेपालका कार्यकारी निर्देशक, अधिवक्ता मोहनलाल आचार्यले प्रतिबेदन प्रस्तुत गरे । प्रतिबेदनामा बजेट तर्जुमा,बिनियोजन र कार्यान्वयनका सात चरणलाई प्रभाबकारीरुपमा लागु गर्ने हो भने काम गर्न सहज हुने बताए । स्थानिय तहका गतिबिधिलाई जनता सामु जस्ताको तस्तै पु¥याउने जिम्मा सञ्चारकर्मीको भएका कारण पनि कसैको पक्ष र बिपक्ष का नलागि सत्य तथ्य सुचना सम्प्रेसण गर्नु पर्ने कुरामा जोड दिए । स्थानिय सरकारले पनि आफ्ना काम योजना लाई प्रभाबकारी रुपमा अगाडि बढाउन नागरिक समाज,सञ्चार माध्यम र सरोकारवाला निकाय हातेमालो गर्ने हो भने काम गर्न सहज हुने बताए ।
त्यस्तै बजेट तथा योजना तर्जुमामा प्रदेश नं ५ का स्थानीय सरकारहरुको कामको बारेमा पत्रकार बिनोद परियारले प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रदेश न ५ का १०९ स्थानिय तह मध्ये एउटा स्थानिय तह बाहेक सबैले समयमा बजेट ल्याउन सक्नु सकरात्मक पक्ष भएकाले त्यसको कार्यान्वयनको सवालमा सबै चनाखो हुनु पर्नेमा जोड दिए । स्थानिय तहले सञ्चारकर्मीलाई सुचना दिन आनाकानी गर्ने,कामका बारेमा पुर्व सुचना नदिने र दलिय आधारमा हेर्ने हुदां काम गर्न असहज भए पनि कार्यस्थलमा काम गरिरहेको संचारकर्मीले बताए ।
कार्यक्रममा सन्चारकर्मीले रिर्पोटिङ गर्दा स्थानिय तहले सहयोग नगर्ने, कार्यक्रमको पुर्व सुचना नहुने र भएका कार्यक्रममा पनि दल र सत्ता पक्ष र बिपक्षमा विभेद गर्ने गरेको गुनासो गर्नुका साथै अब आगामि दिनमा स्थानिय तहले गर्नु पर्ने कामलाई पारदर्शी रुपमा अगाडि ल्याउन सुझाब दिएका थिए ।
कार्यक्रम आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार प्रदेश नं ५ सञ्जालका संयोजक, तेजप्रसाद आचार्यको अध्यक्षता जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माको स्वागत र जुरी नेपालका अधिवक्ता विष्णु प्रसाद पोखरेलको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा अयोजक सहित प्रदेश ५ का १२ जिल्लाका बिभिन्न मिडियामा कार्यरत सक्रिय ३२ जना सञ्चारकर्मी सहभागि थिए ।
योजना तर्जुमा र बजेट विनियोजनमा स्थानिय तहको भुमिका महत्वपूर्ण
योजना तर्जुमा र बजेट विनियोजनमा स्थानिय तहको भुमिका महत्वपूर्ण
Advertisement
तपाईको प्रतिक्रिया