• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

योजना तर्जुमा र बजेट विनियोजनमा स्थानिय तहको भुमिका महत्वपूर्ण


  •   शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
  • रंजिता शर्मा, दाङ  । स्थानीय तहमा योजना तर्जुमा र बजेट विनियोजन विधि तथा बजेट पारित गर्ने सवालमा स्थानिय तहले सरोकारवाला संग हातेमालो गर्न सन्चारकर्मी र बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधीहरुले आग्रह गरेका छन् । न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल), जागरण मिडिया सेन्टर र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदेश नं ५ सञ्जालद्वारा संयुक्तरुपमा विहिवार आयोजना गरेको “बजेट तर्जुमा प्रक्रियामा सञ्चारकर्मीको भुमिका” विषयक भर्चुअल अन्र्तक्रियामा सहभागीहरुले यस्तो बताएका हुन् ।
    देश संघियतामा गए संगै केहि नमुना कार्यक्रम थालिएपनि ती कार्यक्रम पर्याप्त नभएको र सहि सुचना प्रबाह नभएको उनीहरूले बताएका हुन । अझै पनि स्थानिय तहले नागरिकको आबश्यकता पहिचान गरि कार्यक्रम ल्याउन नसक्दा दलित,महिला,मधेशी ,सिमान्तकृत वर्ग र गरिबीको रेखामुनी रहेका समुदायले शिक्षा, स्वास्थ्य,रोजगारी र बिकासका अन्य पुर्वाधारमा पहुंच नहुनुका साथै सरकारले पछाडि परेको वर्ग र समुदायको उत्थानका लागि कार्यक्रम र बजेट ल्याउने गरेको र पहुंचको आधारमा बजेट बिनीयोजन भएको गुनासो उनिहरुको छ ।
    स्थानीयतहमा योजना तर्जुमा र बजेट विनियोजन विधि तथा सञ्चारकर्मीको भूमिकाका बारेमा जुरी–नेपालका कार्यकारी निर्देशक, अधिवक्ता मोहनलाल आचार्यले प्रतिबेदन प्रस्तुत गरे । प्रतिबेदनामा बजेट तर्जुमा,बिनियोजन र कार्यान्वयनका सात चरणलाई प्रभाबकारीरुपमा लागु गर्ने हो भने काम गर्न सहज हुने बताए । स्थानिय तहका गतिबिधिलाई जनता सामु जस्ताको तस्तै पु¥याउने जिम्मा सञ्चारकर्मीको भएका कारण पनि कसैको पक्ष र बिपक्ष का नलागि सत्य तथ्य सुचना सम्प्रेसण गर्नु पर्ने कुरामा जोड दिए । स्थानिय सरकारले पनि आफ्ना काम योजना लाई प्रभाबकारी रुपमा अगाडि बढाउन नागरिक समाज,सञ्चार माध्यम र सरोकारवाला निकाय हातेमालो गर्ने हो भने काम गर्न सहज हुने बताए ।
    त्यस्तै बजेट तथा योजना तर्जुमामा प्रदेश नं ५ का स्थानीय सरकारहरुको कामको बारेमा पत्रकार बिनोद परियारले प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रदेश न ५ का १०९ स्थानिय तह मध्ये एउटा स्थानिय तह बाहेक सबैले समयमा बजेट ल्याउन सक्नु सकरात्मक पक्ष भएकाले त्यसको कार्यान्वयनको सवालमा सबै चनाखो हुनु पर्नेमा जोड दिए । स्थानिय तहले सञ्चारकर्मीलाई सुचना दिन आनाकानी गर्ने,कामका बारेमा पुर्व सुचना नदिने र दलिय आधारमा हेर्ने हुदां काम गर्न असहज भए पनि कार्यस्थलमा काम गरिरहेको संचारकर्मीले बताए ।
    कार्यक्रममा सन्चारकर्मीले रिर्पोटिङ गर्दा स्थानिय तहले सहयोग नगर्ने, कार्यक्रमको पुर्व सुचना नहुने र भएका कार्यक्रममा पनि दल र सत्ता पक्ष र बिपक्षमा विभेद गर्ने गरेको गुनासो गर्नुका साथै अब आगामि दिनमा स्थानिय तहले गर्नु पर्ने कामलाई पारदर्शी रुपमा अगाडि ल्याउन सुझाब दिएका थिए ।
    कार्यक्रम आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार प्रदेश नं ५ सञ्जालका संयोजक, तेजप्रसाद आचार्यको अध्यक्षता जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माको स्वागत र जुरी नेपालका अधिवक्ता विष्णु प्रसाद पोखरेलको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा अयोजक सहित प्रदेश ५ का १२ जिल्लाका बिभिन्न मिडियामा कार्यरत सक्रिय ३२ जना सञ्चारकर्मी सहभागि थिए ।

    Advertisement

    शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation