कामनाडेली, काठमाडौंं । गायिका अनु चौधरीको आवाजमा ‘तिम्रो मेरो प्रेम कहानी’ गीतको भिडियो सार्वजनिक भएको छ। गायिका अनु चौधरी’को आवाज रहेको सो गीतले नेपाली सांगीतिक बजारमा अहिले राम्रो चर्चा बटुल्दै गएको छ।
Advertisement
गायिका अनुले आधुनिक गीत लागायत नेपाली फिल्मका गीतहरु पनि गाएकी छन् । अहिले भने गीतकार अनिता गहतराजको शब्द” तथा पुस्कर सुनुवारको संगीत संयोजनमा गीत ल्याईएको हो। उक्त गीत गायक संगीतकार पुस्कर सुनुवारकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो।