• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ३. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. दाङमा बाघको छालासहित तीन जना पक्राउ

दुर्गेश थापाको ‘आलु जस्तो’ गीत युट्युव ट्रेण्डिङको पहिलो स्थानमा


  •   शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । आजकल गीत संगीतको बजारले रौनकता पाएको छ । दिनहुँ नयाँ नयाँ गीति एल्वमहरु कलाकार र सर्जकहरुले पस्कने क्रम पनि बढ्दो छ । अहिले डिजिटल प्रविधिले कलाकारले प्रस्तुत गरेका गीत संगीतहरु क्षण भरमा दर्शक श्रोताको माझमा प्रस्तुत गीत इन्टरनेटको सहज उपलब्धताले यसमा पुलको काम गरेको छ । युट्युव देखि विभिन्न सामाजिक सञ्जालहरुले विश्वभर छरिएर रहेका आम गीत संगीतप्रेमी श्रोता दर्शकले गीत संगीत सहजै रूपमा सुन्न र हेर्न पाउँछन् । बागलुङको गलकोट क्षेत्र पनि गीत संगीतको एउटा उर्वर भूमिको रूपमा परिचित छ । गलकोटले दर्जन बढी कलाकारहरु जन्माएको छ । धेरै कलाकार मध्यका एक हुन् दुर्गेश थापा जो पछिल्लो समय मोडलिङ र गायन क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै एउटा विशिष्ट पहिचान बनाउन सफल भएका छन् । उनले थुप्रै गीत संगीतमा मोडलिङ गर्नुका साथै आफ्नै स्वर भरेर बजारमा पस्केका गीत संगीतले दर्शक श्रोताको उत्तिकै माया पाएको छ । पछिल्लो पुस्ताका लोकप्रिय कलाकार दुर्गेश थापाले केही दिन पहिले युट्युवमा सार्वजनिक गरेको नयाँ गीत आलु जस्तो गायकले अहिले दर्शक श्रोताको माया पाउने क्रम बढ्दो छ । गीतले निकै छोटो समयमा चामत्कारिक सफलता पाएको छ ।गीत गाउने क्रममा अग्रज कलाकारको नाम गलत र सुर ताल बिगारेको भन्दै एक टेलिभिजन अन्र्तवार्ताबाट केही समय पहिला बिवाद र आलोचना खेपेका थापाले यस गीतलाई इनाक्छी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरेका थिए । गीत अपलोड भएको २४ घण्टामै अहिले युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दा सम्म युट्युवमा ६ लाख ५० हजार बढी दर्शकले गीतको म्युजिक भिडियो हेरिसकेका छन् । सालको पात टपरी जस्ता करोड क्लबमा प्रवेश गर्न सफल अनगिन्ती गीतको संगीत सिर्जना गरेका लोकप्रिय गायक तथा संगीतकार वसन्त थापाको साथ गीतको लोकप्रियताका लागि महत्वपूर्ण कडि मानिएको छ । यो गीत सँगै संगितकार थापाले गायक अनुसार संगीत भर्न सक्ने आफ्नो सामथ्र्यलाई पनि आम संगीतप्रेमीका माझमा प्रस्तुत गरेका छन् ।
    युवा पुस्ता माझ गत वर्षको तीज गीत हामी पनि नाँच्नुपर्छ बीच बीचबाट गायक तथा मोडेल थापाले सर्वाधिक सफलता प्राप्त गरेका थिए । श्रोता दर्शकको माया र सद्भावसँगै नयाँ खालको सिर्जना दिने प्रयासमा पछिल्लो गीत ल्याएको र उत्साहजनक प्रतिक्रिया पाइरहेको गायक थापाले बताए । गीतको शव्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन् । अग्रज कलाकारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ । गायक तथा मोडल थापाले आगामी दिनमा निरन्तर गीत संगीतलाई श्रोता दर्शकको रुचि अनुरूप सृजना प्रस्तुत गर्दै जाने उल्लेख गरेका छन् ।
    गीतको पुरा भिडियो ।

    Advertisement

    शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा
    क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक
    नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    • ३.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • २.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ३.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ६.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • ७.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ८.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...