गुल्मी। गुल्मीमा छुट्टाछुट्टै स्थानमा दुइ पुरुषको सव फेला परेको छ ।
जिल्लाको मालिका गाउँपालिका सात घमिरको लक्ष्मी होटलमा सोहि वडाका वर्ष ३६ का बक बहादुर विक मृत भेटिएका छन । गए राती देखी अत्याधिक मदिरा सेवन गरेका बिक बिहान मृत अवस्थामा भेटिएको होटल संचालकलाई उदृत गर्दै गुल्मी प्रहरीले जनाएको छ । त्यस्तै यता जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर दुइ पालुवामा पनि एक पुरुषको शव फेला परेको छ । सोही वडाका वर्ष ३१ का चुरा बहादुर कुवर घर देखी करिब १ एक सय ५० मिटर पर आफनै बारिमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्थले बताए ।
कुवरले पनि गएराती देखी अत्यधिक मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटना बारे गुल्मी प्रहरीले थप अनुसन्धान थालेको छ ।
Advertisement