प्यूठान। प्यूठानको टिकुरी नयाँ बसपार्क स्थित झिमरुक खोलामा सोमबार बिहान बेवारिसे अबस्थामा भेटिएको शबको सनाखत भएको छ ।
बेवारिसे अवस्थामा फेला पर्नेमा प्यूठान-६ लाम्छ्याङ बस्ने बर्ष ५५ को बेगम पुन मगरको शब रहेको इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरिक्षक ज्ञानेन्द्र सिंह चौधरीले जानकारी दिए। मृतकको छोरा २६ बर्षीया दर्पण पुनमगरले शबको पहिचान गरेका थिए। शबलाई जिल्ला अस्पताल बिजुवारमा पोष्टमार्टम गरेपश्चात आफन्तलाई जिम्मा लगाईएको प्रहरीले बताएको छ ।
Advertisement