बुटवल । रुपन्देहीको देवदहका युवा युवतीको सक्रियतामा तीज पर्वमा देखिएको विकृतीलाई उजागरण गर्ने उद्देश्य सहित ‘तीज सुख दुखको कोशेली’ नामको भिडियो सन्देश सार्वजनिक भएको छ ।
युनिक डिजिटलको उत्पादन तथा त्रिभुवन पाण्डेको निर्देशनमा भिडियो बनेको हो। समाजमा तीज भड्किलो बन्दै गईरहेको र यहाँ देखिने गरेका धनी र गरिव बिचको खाडलका बारे नागरिकलाई सचेत गराउदै सामाजिक रुपान्तरणमा योगदान गर्न सकिन्छ भन्ने उद्देश्यले यस्तो परिकल्पना ल्याइएको कथा लेखक प्रजिता शर्माले बताएकी छन् ।
युवाहरुको सक्रियतामा मौलिक कला र सस्कृतिलाई निरन्तरता दिदै धनी भएका कारण घमण्ड गर्न नहुने र गरिव भनेर गरिने विभेदको अन्त्य गर्न महत्वपूर्ण भुमिका भएकाले यस्तो अवधारणा ल्याइएको समग्र भिडियोको ब्यवस्थापक गोकुल पाण्डेले बताएका छन् ।
उक्त भिडियोमा हिमा रिजाल, प्रजिता शर्मा, रिचा भट्टराई, बिमल जि.एम., सम्झना ढकाल, निशा शर्मा, आयुषराम चापागाई, परिवर्तन सुवेदी, बिनिता चौधरीले अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा अन्सु गैरे, पूर्णिमा, अनुष्का, अमृता र आरतीले अभिनय गरेका छन् ।
देवदहको पर्यटकिय स्थल दाउन्नेमा छायांकन भएको उक्त भिडियोका लागि देवदहका सामाजिक ब्यक्तित्व मोतिलाल ढकाल, सिर्जनशिल महिला समुह, होटल डिवाइन पिस र दाउन्नेका स्थानीय वासीले सहयोगीको रुपमा रहेका छन् । सुनिल परियार र प्रजिता शर्मा पटकथा लेखनमा बनेको भिडियोको छायांकन त्रिभुवन पाण्डे र बासुदेव पुरीले गरेका थिए भने उक्त भिडियोको सम्पादन युनिक डिजिटल फोटोले गरेको हो ।
भिडियो युनिक डिजिटल फोटोको युट्युव च्यानलमा राखिएको छ ।
हेर्नुहोस भिडियो