नवलपरासी । नेपाल बिद्यार्थी संघ नवलपरासीले विहीवार बर्दघाट नगरपालिकामा कोरोना महामारीवाट सुरक्षित रहन सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ।
संघले बर्दघाट नगरपलिका भित्र रहेका बर्दघाट चोक, टिसिएन चोक र भुताहा चोक गरि तिन ठाँउमा रहेका व्यवसायी, स्थानिय तथा सबारि साधनमा हिडेका मानिसहरुलाई मास्क लगाउन अनुरोध गरेको हो । सोही क्रममा मास्क नलगाई हिडेका यात्रुहरु तथा पैदलयात्रीहरुलाई निसुल्क मास्क समेत बितरण गरिएको छ ।
लकडाउन खुलेपनि कोरोना महामारी कम नभई समुदाय स्तरमा पसि सकेकोले यसवाट बच्न र समुदायलाई महामारिवाट बचाउन सो कार्यक्रमको आयोजना गरेको नेपाल बिद्यार्थी संघ नवलपरासी पश्चिमका निवर्तमान सभापति दधिराम पौडेलले बताए । “हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उनले भने, “नागरिकहरुको सचेतनाका लागि हामी सडकमा निस्केका हौ।”
सो क्रममा सामाजिक दुरि कायम गर्न,मास्क तथा सेनिटाईजर प्रयोग गरि महामारिवाट जोगिन आग्रह गरिएको नेपाल बिद्यार्थी संघ नेता तथा क्षेत्र नम्बर १ (क)का क्षेत्रीय सभापति युवराज पाण्डेले बताए।
सो कार्यक्रममा नेबि संघ उपसभापति नरेश भट्टराई, नेता किशोर गैरे, सुशील भुर्तेल,गणेश भट्टराई, मिलन भण्डारि, सुमन राना, निकिता पोखरेल, कृष्ण गैरे, बिष्णु पाण्डे, रोशन राना लगायत अगुवा विद्यार्थी नेताको सहभागिता रहेको थियो।