गणेश चौलागाई, काठमाडौं। हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ ।
पछिल्लो समय अत्याधिक रुचाईएकी गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले छपक्कै छोएको छ। उनको‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। ‘बेस म्युजिक नेपाल’ युटुब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।
चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । उक्त गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ । गीतका रचनाकार पौडेल गायक पनि हुन उनको केही समय पहिले बजारमा आएको’ मेरा काला दारी’ गीत आहिले चर्चाको शिखरमा छ।भिडियोमा सन्तोष राजबाहकको निर्देशन छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका छन्। साजसज्जामा अनिताले सघाएकी छिन् ।हिन्दू महिलाहरूले मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाईन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ ।
हेर्नुहोस गीतको भिडियो
https://www.youtube.com/watch?v=ahGb3_dTWhU&feature=share