धादिङ । धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको छ।
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिञ्चोक खवासेगाउँमा घर माथिबाट आएको पहिरोले घर पुर्दा २० वर्षीया सम्झना खाँण, २२ वर्षिय मिलन खाँण र उनीहरुको डेढ बर्षिय छोराको मृत्यू भएको हो ।अहिले घटना स्थलमा प्रहरी पुगिसकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयाे ।धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिञ्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय श्रीमती सम्झना खाँण र दुइ वर्षीया छोरी अन्जिता खाँण रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। अबिरल बर्षासँगै आएको पहिरोले पुरिदाँ मंगलबार बिहान मृत्यु भएको हो।