बुटवल। रुपन्देहीका एकजना सुनचाँदी व्यवसायीलाई सुन चोरीपैठारी गरी राजस्व चुहावट गरेको आरोपमा नियन्त्रणमा लिएको छ।
Advertisement
राजस्व अनुसन्धान विभागले एक सुनचाँदी व्यवसायी र उनका सहयोगीलाई नियन्त्रणमा लिएको जनाएको हो। विभागको बुटवल कार्यालयबाट खटिएको टोलीले भैरहवास्थित सोनी ज्वेलर्सका प्रोप्राइटर सुनिल सुनार र उनका सहयोगी अमित परियारलाई बिभागले नियन्त्रणमा लिएको हो। सुन चोरी पैठारीको आरोपमा उनीहरूको साथबाट ९९ लाख ५ हजार रूपैयाँ रकम तथा कागजात बरामद गरीएको बताईएको छ।
उनीहरु सवार रहेको साधन समेत नियन्त्रणमा लिएर विभागले कारोबारका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।