जीवन न्यौपाने, नवलपरासी । पुर्बी नवलपरासी जिल्लाको कावोसोतिमा रहेको ग्लोबल आइएमई बैंकको शाखाले श्री न २ बन तथा पर्यावरण सुरक्षा गण कावासोतिलाई शुक्रवार बिधुतिय उपकरण सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।
बैंकका शाखा प्रवन्धक खेमराज न्यौपानेले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त गणका सुबेदार मेजर ज्ञानहरी खतिवडालाई बिधुतिय सामाग्री हस्तान्तरण गरेका हुन् । न्यौपानेले उक्त ब्यारेक परिसर बाहिर हिंडडुल गर्ने सर्वसाधारण जनताको जिउधनको सुरक्षाको लागी भन्दै १ थान ल्यापटप, सिसिटिभी ६ थान, डिभिआर 8 च्यानल १ थान, हार्ड डिक्स 2 TB १ थान, पावर सप्लाई १ थान, वाएर १ सय ८० मिटर र प्रीन्टर मेसिन १ थान सहयोग गरिएको बताए ।
त्यस्तै, गणका सुबेदार मेजर खतिवडाले बैंकले सहयोग गरेको उपकरणहरुलाई सर्वसाधारण जनताको सुरक्षाका निम्ती चोक तथा दोबाटोमा प्रयोग गरिने र तिनको निरन्तर अनुगमन समेत गर्ने बताए ।