नुवाकोट। नुवाकोटको तादी खोलाले बगाउँदा एक बेपत्ता भएका छन् भने अर्का एकको जिवितै उद्धार गरिएको छ ।
Advertisement
बेपत्ता हुनेमा विदुर नगरपालिका वडा नम्बर ५ का ४३ वर्षीय राजेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बिहिवार साँझ बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा रहेको खेतमा काम गरेर फर्किने क्रममा उनलाई तादी खोलाले बगाएको थियो । बेपत्ता कुमालको खाजी कार्य जारी रहेको बताइएको छ ।
राजेन्द्रसंगै खोला तर्न लागेका १७ वर्षीय विजय कुमालको भने उद्धार गरिएको छ । उनको हाल त्रिशूली अस्पतालमा उपचार भईरहेको छ ।